निजामति अस्पताल भ्रष्टाचारको दलदलमा फस्दै

काठमाडौँ । निजामति अस्पताल (civil service hospital ) भ्रष्टाचारको दलदलमा फस्दै गएको स्रोतले जनाएको छ । अहिले सो अस्पतालमा उपचार गराउन पुग्नेहरुको संख्या थेगिनसक्नु भएको पाइएको छ । बिहान ३–४ बजेदेखि नै टिकट लिनको लागि बिरामीहरु लाइन लागिरहेको भेट्न सकिन्छ । अस्पताल प्रशासनले यस विषयमा उचित ध्यान पु(¥याउन नसक्दा पहुँचवाला बिरामीले मात्र उक्त अस्पतालमा उपचार गराउने सौभाग्य पाउने गरेको टिकटको लाइनमा बसेका बिरामीहरु बताउँछन् । थप पढ्नुहोस्

नक्कली नेपाली रुपैयाँ बनाउने दुई भारतीय पक्राउ

२८ पुस, काठमाडौं । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार राति विशेष सुराकीका आधारमा बेलौरीको दशगजा क्षेत्रमा खटिएको ब्यूरोको टोलीले नेपाली रु एक हजारको नक्कली नोट बनाइरहेको अवस्थामा भारतको पिलिभित जिल्ला सारतपुरी बलाह बजारघाटका २२ वर्षीय बलवीर सिंह र १९ वर्षीय कृष्ण सिंहलाई पक्राउ गरेको क्षेत्रीय अनुसन्धान ब्यूरोका प्रहरी सहायक निरीक्षक केशव जोशीले जानकारी दिए । थप पढ्नुहोस्