युट्युबको नोटिफिकेसन मेनुमा दुई अरु नयाँ फिचर

आफ्ना प्रयोगकर्ताकालाई प्रविधि र जिन्दगीबीच तालमेल कायम गर्न सहयोग गर्नका लागि गुगलले लगातार नयाँ फिचर्स ल्याइरहेको छ । अब पालो छ, युट्युबको । हालै सम्पन्न गुगलको डेभलपर मेला Google I/O मा गुगलले एक सुस्वास्थ्य अभियानको घोषणा गरेको थिए । जसका माध्यमबाट प्रयोगकर्ताले उनीहरुको डिजिटल आनीबानी तथा डिभाइस प्रतिको लतलाई बुझ्नमा सहयोग मिल्दछ । भिडियो स्ट्रिमिंग साइट युट्युब पनि यो अभियानको हिस्सा हो । जसमा प्रयोगकर्ताले केही समयका लागि आफ्नो अनलाइन संसारबाट केहीबारेका लागि विश्राम लिन पाउनेछन् । थप पढ्नुहोस्

पुरुषको लिङ्गजस्तै देखिएको भन्दै फेसबुकले हटायो कुकुरको छाउराको फोटो

कुकुरको छाउराको फोटो मान्छेको लिंगजस्तै देखिएको भन्दै फेसबुकले हटाइदिएको छ । सुन्दैमा अनौठो लाग्ने यो घटना फिलिपिन्समा घटेको हो । एकजना फेसबुक प्रयोगकर्ताले फेसबुक पेजमा राखेको कुकुरको छाउराको तस्वीर पुरुष यौनांगकै आकारको देखिएको र यसले फेसबुकको सामाजिक मर्यादा नीतिको मापदण्ड विपरित देखिएको भन्दै फेसबुकले उक्त तस्वीरमाथि प्रतिबन्ध लगाएको हो । फिलिपिन्सको दाभाओ सहरमा बस्ने १६ वर्षका डोमिनिक इबाओसले आफ्नो घरमा पालेको मेक्सिकन प्रजातिको छाउरोको तस्वीर फेसबुकमा राखेका थिए । दिमित्री नामक मेक्सिकन प्रजातिको उक्त कुकुरको छिउमा कत्तिपनि रौँ छैनन् । थप पढ्नुहोस्

सरकारको गम्भीर गल्ती : डा.भट्टराईको ट्विट

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रदेश २ का मुख्यमन्त्रीको अमेरिका भ्रमणलाई रोक लगाउन नहुने बताएका छन् । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणको प्रस्तावलाई सदर नगर्ने निर्णय गरेकोमा उनले संघीय सरकारको निर्णय सच्याउनुपर्ने बताएका छन् । मंगलबार पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले ट्विट गर्दै सरकारले गम्भीर गल्ती गरेको टिप्पणी गरेका छन् । यस निर्णयबाट संघ र प्रदेशबीच दुरी बढाउने उनको धारणा छ । थप पढ्नुहोस्

पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

१९ चैत, काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ । मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो । बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए । उक्त समयमा फेसबुक नचल्ने बताइएको छ । थप पढ्नुहोस्

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने नौजना पक्राउ

५ चैत, काठमाडौं । सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमार्पmत इमो तथा भाइबर कलमार्फत ठगी गर्ने दुई महिलासहित नौ जनालाई सार्वजनिक गरेको हो । रु २५ लाख चिट्ठा प¥यो तपार्इंका परिवारलाई सुन तथा नगद पठाएको छु भन्दै विभिन्न जिल्लाका ८८ जनासँग रु एक करोड ३९ लाख ठगी गर्ने छुट्टाछुट्टै तीनवटा समूहलाई रु दुई लाख एक हजार नगदसहित पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए । थप पढ्नुहोस्

नक्कली फेसबुक बनाई अश्लील कार्य गर्ने पक्राउ

१३ कात्तिक, काठमाडौं । नक्कली फेसबुक ‘आइडी’ बनाई महिलालाई अश्लील कार्य गर्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई बदनाम गर्ने उद्देश्यले फेसबुकमा मोबाइल नम्बर र फोटो राखी अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनेर स्टाटस राख्ने गरेको आरोपमा पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए । यसरी पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–४ का २७ वर्षीय नविन तिमिल्सिना रहेको उनले जानकारी दिए । थप पढ्नुहोस्

बाढी पीडितका सारथी धुर्मुसले गरे अर्को उद्धार

२ भदौ, काठमाडौं । तराईको समाजमा उत्कृष्ट काम गर्दै प्रसिद्धी कमाएका नेपालका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले बिहीबार समाजसेवामा एक अर्को महत्वपूर्ण कार्य गरेका छन् । सर्लाहीको लालबन्दी–५, माझी टोलकी आगलागी पीडित रत्नेदेवीलाई उद्धार गरी अर्को सफलता हासिल गरेका हुन् । छ महिना अघि आगो शरीरमा सल्केर शरीर जलेको र पैसाको अभावमा उपचार गराउन नसकेकी माझीलाई बिहीबार दिउँसो उद्धार गरी बर्दिवासस्थित जनसेवा अस्पतालमा उनले भर्ना गराएका हुन् । थप पढ्नुहोस्