मित्रता नवीकरणको नवीनतम् प्रयास, १४ वटा सम्झौता र समझदारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको ६-दिने औपचारिक भ्रमण आज 'आइतवार' सकिएको छ । यसक्रममा १४ वटा सम्झौता र समझदारी भए । बिहीवार १४ अनुच्छेदको संयुक्त वक्तव्य पनि जारी भएको छ । हिमालयपार सम्पर्क स्थायी स्थापित गर्ने ध्येयले गरिएका सम्झौताहरूले व्यापार-बन्दरगाह, हवाईमार्ग, सडक र दूरसञ्चार सञ्जाल समेतलाई समेटेको देखिएको छ । प्रधानमन्त्री ओलीले अत्यधिक महत्त्व दिँदै आउनुभएको तिब्बतको केरुङलाई काठमाडौं जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन पनि हुने भएको छ यद्यपि सम्भाव्य देखिएमा त्यसको निर्माण खर्च कसरी र कसले बेहोर्ने भन्ने कुरा तय हुन बाँकी नै छ । थप पढ्नुहोस्