रेल, मेट्रोरेल र पानी जहाज चल्दैमा देश धनी र जनता सुखी हुदैनन्

देश विकासको बहस माटो र सडकको विकासमा हुनुपर्ने ठाउँमा सामाजिक सञ्जालमा सिमित छ । यसले पनि हाम्रो वास्तविक धरातल के हो भन्ने छर्लंग पार्छ । अहिले झन पुर्ववती सरकारका निर्णय खारेज गरेर प्रधानमन्त्री केपी शर्मा ओली बहादुर पात्र बनेका छन् । जनतालाई खाने पानी र बस्ने बास नभइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई रेल र पानी जहाजको उखान टुक्का हाल्नै भ्याई नभ्याई छ । पाँच बर्षे स्थायी सरकारबाट देश विकासको अपेच्छा राखेका नागरिक नेताहरुका विकासे गफ सुनेर दिक्क भएका छन् । थप पढ्नुहोस्

असन्तुष्ट पूर्व माओवादी कमाण्डरको भेट्रान अन्तरवार्ता ‘पार्टीले ठाडो अन्याय गर्दा झोक चलेको छ’

सरल सहयात्री   जसले जीवनको सबैभन्दा उर्जाशील समय देश र जनताको मुक्तिका खातिर युद्धमैदानमा बिताए । अनेक उल्झनसँगै आरोह/अवरोहकाबीच उनको संघर्षमय राजनीतिक जीवनयात्रा अघि बढ्यो । २०४८ सालमा सिन्धुपाल्चोकको मानेश्वाँरामा गठित बाल संगठनमा संगठित भएर राजनीतिक जीवन सुरु गरेका उनी २०४९ सालमा तत्काल अखिल छैठौंको जिल्ला सदस्य भए । २०५५ सालमा अखिल क्रान्तिकारीमा आवद्ध भएपछि उनी तत्कालिन माओवादीद्वारा सञ्चालित जनयुद्धमा होमिए ।२०५७ सालमा जनमुक्ति सेनाको सिपाहीहुँदै उनले राजनैतिक कमिसार र ब्रिगेड कमाण्डरसम्मको जिम्मेवारी कुशलापूर्वक सम्हाले । थप पढ्नुहोस्

खाल्डा पुरेर मात्रै काठमाडौंको समस्या समाधान हुँदैन : भाइकाजी तिवारी

विकसित र पूर्वाधारयुक्त राजधानी होस् भन्ने चाहना अझै पूरा भएको छैन । उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्तका रूपमा काम गरिरहँदा र एउटा सर्वसाधारणका रूपमा पनि यहाँको मनमा के लागिरहेको छ ?  दिगो रूपमा राजधानीको विकास गर्ने हाम्रो योजना बन्न सकेको छैन । टालटुल मात्रै भइरहेको छ । ०३३ सालदेखि परिकल्पना गरेअनुसार राजधानीका सडक अहिलेसम्म पूर्ण रूपमा चौडा हुन सकेका छैनन् । हामीले जानेर होस् वा नजानेर अथवा सरकार मौन बसेर होस् वा जनताले बुझ पचाएर होस्, मापदण्डअनुसार घर नबनाइदिएका कारण सडक चौडा गर्दा छेउका घर भत्काउनुपर्यो । थप पढ्नुहोस्

प्रहरीलाई लखेट्दा रमाईलो लाग्थ्यो ! सुनिल प्रजापति, मेयर-भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिकालाई पर्यटकीय शहरका रुपमा चिनाइने छ नेपाली राजनीतिमा लामो अनुभव बोकेका सुनिल प्रजापति हालैमात्र भक्तपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । उनी कक्षा ४ देखि नै राजनीतिमा रुचि राख्दै २०३६ सालको ऐतिहासिक जनआन्दोलन र जनमतसङ्ग्रहमा बहुदलको पक्षमा प्रतिबद्धताका साथ सरिक भएका थिए । माता कृष्णमाया प्रजापति र पिता बद्री प्रजापतिका सुपुत्र सुनिल प्रजापतिको जन्म वि.सं.२०२१ साल असार १० गते भक्तपुरको जेंला टोलमा भएको हो । कानुनमा स्नातक प्रजापतिसँग कानुन व्यवसायीको पनि अनुभव छ । थप पढ्नुहोस्