साउनमा मेहंदी र हरियो चुरा ‘फोटो फिचर’

काठमाडौं । अबको एक दुई दिन पछि श्रावण महिना लाग्दै छ । साउन महिना सुरु भएसंगै काठमाडौंका निकै व्यस्त बजारमा सडक छेउमै हरियो चुरा र मेहंदी लगाउन सुरु गरिएको छ । अन्य समयमा यस्ता सामाग्रीहरु लगाउन खासै महत्व नदिनेहरु पनि श्रावण महिनामा भने विषेश महत्वका साथ हरियो चुरा, मेहन्दी तथा पहिरन लगाउन चासो देखाउने गरेको देखिएको छ । श्रावण महिनामा भगवान् शिवलाई जल चढाउने संस्कृतीसंगै नेपाली नारीहरुले हरियो चुरा, पोते, हरियै बस्त्र, हातमा मेहन्दी लगाउने चलन पनि पछिल्ला वर्र्षहरुमा बढ्दै जान थालेको छ । थप पढ्नुहोस्

चिया बेच्दै चलेको रञ्जिताको जिवन ‘फोटो फिचर’

काठमाडौं । दोलका घर भएकी ४१ वर्षीया रञ्जिता खड्का हरेक दिन दिउँसो ठीक ३ बजे बसन्तपुर दरबार आइपुग्छिन् । काठमाडौंको पशुपतिमा बस्दै आएकी रन्जिता बसन्तपुर दरबारमा घुम्न होइन उनी हरेक दिन ४० लिटरको भाँडामा चिया बोकेर बेच्न उनी दिउँसो ३ बजे त्यहा आइपुग्छिन् । असारको अन्तिम साता शनिबारको दिन आफन्तहरुको घुमघाममा असारे पानीसंगै रुज्दै भिज्दै घुम्न आएका हजारौ मानिसको हुल,समुहमा गएर रन्जिता चिया बेच्दै आफ्नौ दैनिकी चलाउदै आएकी छिन् । थप पढ्नुहोस्

करियर कसरी बनाउने ? जान्नैपर्ने ५ टिप्स !

काठमाडौं । यदि तपार्इं कलेजको विद्यार्थी हुनुहुन्छ वा भर्खर कलेजमा भर्ना हुन लाग्नु भएको छ ? छ भने तपाईं आफ्नो जिवन र करियरको विषयमा आफैं निर्णय लिन सक्नुहुन्छ । यो यस्तो समय हो, जब तपाईंले लिएको एउटा निर्णयले तपाईंको भविष्यमा असर गर्नसक्छ । आज हामी तपाइलार्इं विज्ञहरुले बताएका केही टिप्स दिन गइरहेका छौं, जुन टिप्सबाट तपार्इंले यो आफ्नो करियर बनाउनका लागि धेरै कुरा जान्न सक्नुहुने छ । १. यदि तपाईं आफ्नो भविष्यका लागि कुनै क्षेत्र रोजिसक्नुभएको छ भने त्यो राम्रो हो । छैन भने सबैभन्दा पहिला आफ्नो जिवनका लागि सही र उचित क्षेत्रको छनोट गर्नुहोस् । थप पढ्नुहोस्

सानैमा विवाह गर्ने, छोराछोरी जन्माउने, अनि विदेश गएर फर्केपछि डिभोर्स !

सल्यान । बढ्दो बेरोजगारी र वैदेशिक रोजगारीका कारण सम्बन्धबिच्छेदका घटना बढेका छन् । जिल्ला अदालतका अनुसार एक वर्षका अवधिमा १०० भन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका छन् । चालू आवमा सम्बन्धबिच्छेदका १०१ र अंशसहित सम्बन्धबिच्छेदका ३२ गरी १३३ मुद्दा परेको जिल्ला न्यायाधीश मदनबहादुर धामीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । धामीका अनुसार १४ देखि १९ वर्ष उमेर समूहका किशोरीले सबैभन्दा बढी सम्बन्धबिच्छेदको निवेदन दिने गरेका छन् । थप पढ्नुहोस्

महिलाले श्रीमानबाट गर्ने अपेक्षा विश्वास ! पुरुषले गर्ने अपेक्षा ‘हेर्नुस’

काठमाडौं । हुनेवाला जीवनसाथीलाई लिएर सबैको मनमा आ-आफ्नै इच्छा हुन्छ । कोही आफ्नो भविष्यको जीवनसाथी सपनाको राजकुमारलाई बनाउन चाहन्छन् , त कोही आफूले सबैभन्दा धेरै मन पराएको व्यक्तिलाई नै आफ्नो जीवनसाथीको रुपमा हेर्न चाहन्छन् । जसबाट उनीहरुले माया, प्रेम, विश्वास लगायतका विभिन्न कुराको अपेक्षा राख्ने गर्छन् । यस्ता अपेक्षा पुरुषहरुले महिलाबाट मात्र हैन, महिलाहरुले पुरुषबाट पनि राख्ने गर्छन् । महिलाले पुरुषबाट गर्ने अपेक्षा कुनै पनि महिलाले आफ्नो श्रीमान् बाट गर्ने अपेक्षा भनेकै उनीहरु बीचको विश्वास हो । थप पढ्नुहोस्

गर्भपतनले महिलामा मनोवैज्ञानिक समस्या बढ्दै

काठमाडौं । गर्भपतनले कानूनी मान्यता पाएपछि यसको दर बढ्नुका साथै महिलामा मनोवैज्ञानिक समस्यासमेत बढ्दै गएको पाइएको छ । क्रियाशील पत्रकार महिला 'डब्लुडब्लुजे'ले बल्खुस्थित बयोधा अस्पतालमा आज आयोजना गरेको ‘सण्डे क्लब’ कार्यक्रममा प्रा डा मीरा हाडाले बढ्दो गर्भपतनलाई रोक्न महिलालाई परिवार नियोजन सम्बन्धि परामर्श दिनुपर्नेमा जोड दिए । उनले विज्ञापनका पछाडि लागेर महिलाले प्रयोग गर्ने विभिन्न परिवार नियोजनका सामग्रीले महिलाको स्वास्थ्यमा झनै ठूलो असर पर्दै गएको बताए । थप पढ्नुहोस्

दूषित पानी र खानाका कारण टाइफाइडका बिरामी बढे

गत वर्षको वर्षायामको शुरुआतमा भन्दा अहिले धेरै बिरामी कल्पना पौडेल काठमाडौं । वर्षायामको शुरुआतमा टाइफाइडका बिरामी बढेका छन् । दूषित पानी र खानाका कारण टाइफाइडका बिरामी बढेका हुन् । गत वर्षको वर्षायामको शुरुआतमा भन्दा अहिले टाइफाइडका बिरामी बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रयोगशाला प्रमुख परमान्द भण्डारीले बताए । उहाँले भन्नुभयो, “गत वर्ष हप्तामा दुई–तीन जना मात्र टाइफाइडका बिरामी आउँथे, अहिले यो संख्या बढेको छ, अहिले हप्तामा आठ÷नौ जनासम्म यस्ता बिरामी प्रयोगशालाका जाँचमा देखिएका छन् । थप पढ्नुहोस्

कस्तो साथीको संगत गरियो भने सफलता पाइन्छ ?

काठमाडौं । नेपाली समाजमा भनाई नै छ, ‘संगत गुनाको फल ।’ जस्तो संगत गरिन्छ, त्यस्तै भइन्छ । अर्को घतलाग्दो पंक्ति छ, ‘असल मान्छेको संगतले फाइदा गर्छ । हावा जब फूलबाट गुज्रन्छ, सुविासित हुन्छ ।’ जसको वा जस्ताको संगत गरियो आफू पनि त्यस्तै भइन्छ । यसका लागि सबैभन्दा पहिले असल संगतमा रहन सिक्नुपर्छ, अर्को कुरा आफ्ना लागि के शत्रु र को मित्र भन्ने कुरा थाहा पाउन सकिन्छ । असल साथीको कदर गर्न जान्नुपर्छ । तेस्रो कुरा सदैव सत्यको साथ रहनुपर्छ । भीष्म पितामहजस्ता ज्ञानी पनि दुर्योधनको संगतमा लागेर विराट राजाको गाई चोर्न हिँडेका थिए । थप पढ्नुहोस्

बैशालु उमेरमा किन गरिन्छ रुपरंगको ख्याल ?

यौनिक रुपमा परिपक्क हुने उमेर नै यौवनावस्था हो । बाल्यवस्थाको अन्तिम समय र किशोरावस्थाको शुरुवातको समय यौवनावस्था भित्र पर्दछ । केटीहरुको निम्ति ११ देखि १५ वर्षको अवधि र केटाहरुको लागि १२ देखि १६ वर्षको अवधिलाई सामान्यतया यौवनावस्था भनिन्छ । तर, यौवनावस्थामा पुग्ने समय व्यक्ति पिच्छे फरकफरक हुन सक्छ । थप पढ्नुहोस्

स्वस्थ र खुसी जीवन चाहनुहुन्छ ? अपनाउनुहोस यी उपाय

काठमाडौं । हामी जे गर्छौं, सबैको मूल ध्येय हो सन्तुष्टि एवं खुसी । जो कोहि, चाहन्छन् आफ्नो जीवन खुसीसाथ बितोस् । खुसी खोज्न अन्त जानुपर्दैन । हामीभित्रै छ । तर, पनि कति दुर्लभ ! खुसीको अर्थ पनि व्यक्ति पिच्छे फरक फरक हुन सक्छ । कसैले केहि कुरामा खुसी भेट्छन भने कसैले केहि । मानिसको रुचीअनुसार खुसी पनि फरक फरक हुन सक्छ । तर, सामान्य रुपमा भन्नुपर्दा मानिसको जीवन खुसीयालीपूर्ण हुनु भनेको दुःख, पिर, चिन्ता बिना स्वस्थ भएर बाँच्नु हो । त्यस्तै खुसी भनेको स्वतन्त्र भएर बाँच्नु पनि हो । थप पढ्नुहोस्
1 2 3 8