जनताको साक्षी बन्न र सत्य स्थापित गर्न पत्रकारिता

जनकपुरधाम । आमजनताको साक्षी र सत्य स्थापित हुनेगरी पत्रकारिता गर्नु आजको आवश्यकता भएकोमा जोड दिइएको छ । जनकपुरधामबाट प्रकाशित हुने ‘दूधमती साप्तहिक’को तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले सो धारणा व्यक्त गर्दै पत्रकारिता समाजलाई रूपान्तरण गर्नेतर्फ अग्रसर हुनु जरूरी भएको बताए । पत्रकारिताले मातृभाषा, संस्कृति, सभ्यता, देश, काल र परिस्थितिको यथार्थ स्वरूप जनसमक्ष उजागर गर्नुपर्नेमा पनि उनीहरूको जोड थियो । थप पढ्नुहोस्

चुनौतिपूर्ण घोषणा : दुई वर्षमा असुरक्षित गर्भपतन शून्यमा झार्ने लक्ष्य

प्रकाश धौलाकोटी तेह्रथुम। सुरक्षित गर्भपतनसम्बन्धी सेवा शुरु भएको छोटो अवधिमै जिल्लाका धेरै महिलाले गर्भपतन गराएका छन् । सरकारी स्वास्थ्य संस्थाबाटै निःशुल्क मान्यताप्राप्त स्वास्थ्यकर्मीले गर्भपतन सेवा दिन थालेपछि असुरक्षित गर्भपतन गराइरहेकाहरु पनि स्वास्थ्य संस्थामै जान थालेका हुन् । जिल्लामा सुरक्षित गर्भपतन सेवा शुरु भएको तीन महिना पूरा नहुँदै २३३ जनाले सो सेवा लिइसकेका छन् । थप पढ्नुहोस्

वर्तमान सरकार अधिनायकवाद तर्फ लम्कदै

दिपा आले काठमाडौं । नयां सरकार बनेको चार महिना नपुग्दै पांच पटक मूल्य वृद्धि गरेर गरिब जनताको ढाड सेक्ने काम यति बेला भइरहेको छ।शासन र सत्ताको दुरुपयोग गर्दै जनतामाथि अधिनायकवाद लाद्न थालेको व्यवहार देखिदैछ। किन कि यतिबेला गरिब जनताका छोराछोरी आफ्नो अध्ययन छाडेर भोको पेट चर्को घामको वेवास्ता गर्दै आफूमाथि राज्यले गरेको अन्याय अत्याचार विरुद्ध धावाबोल्दै सडकमा आन्दोलन गर्न बाध्यछन्, तर सत्तामा बसेर रजाई गरेका वर्तमान सरकारले भने दुई तिहाईको दम्भमा गरिब जनताको पसिना मात्र होइन रगत चुस्नथालेको भान हुंदैछ । थप पढ्नुहोस्

तयार भयो नेपाल-भारत ‘मैत्री तथा सहकार्य सन्धि’ को अवधारणा

मात्रिका पौडेल काठमाडौं । नेपाल र भारतबीच ६८ वर्षअघि भएको १० बुँदे शान्ति तथा मैत्री सन्धिको नाम र प्रावधानसहित खारेज भएर नयाँ सन्धि हुने आधार बनेको छ । नेपालले अपमानवोध गर्र्दै आएको सन् १९५० को सन्धि खारेज गर्न दुवै देशका सरकारलाई संयुक्त सुझाव दिइने निश्चित भएको छ । नेपाल र भारतका विज्ञ, राजनीतिकर्मी, कुटनीतिज्ञ लगायत राखेर गठन भएको नेपाल भारत प्रवुद्ध व्यक्तिहरुको समूह (इपिजी) ले १९५० को सन्धिलाई नयाँ सन्धिले प्रतिस्थापन गर्ने सुझाव सुझावसहितको मस्यौदा तयार गर्दैछ । केही विवादित विषय बाहेक प्राविधिक टोलीले मस्यौदा तयार पारिसकेको छ । थप पढ्नुहोस्

राष्ट्रकविको घिमिरेको स्वास्थ्यमा सुधार

काठमाडौँ, २६ जेठ राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार भएको उहाँका छोरा इन्दिवर घिमिरेले जानकारी दिनुभयो । गत जेठ १९ गते मेदान्तबाट उपचार गराएर फर्कनुभएका राष्ट्रकवि घिमिरे पुनः सोही दिनदेखि नै सानो आन्द्राबाट रक्तश्राव हुन थालेपछि गत जेठ २१ गते मेदान्तमा उपचारका लागि पुनः लगिएको हो । “अहिले बुबाको स्वास्थ्य अवस्था राम्रो भएको छ । सानो आन्द्राबाट रक्तश्राव हुने क्रम रोकिएको करीब चार दिनजति भयो ।” छोरा इन्दीवरले भन्नुभयो, “पहिलेको तुलनामा धेरै सुधार भएको छ । थप पढ्नुहोस्

हिलाम्मे सडकका कारण सर्वसाधारणलाई आवतजावतमा सास्ती

कुसुम विश्वकर्मा काठमाडौं । काठमाडौंमा हल्ला बर्षा होस या अविरल पानी पर्ने बित्तिकै हिलाम्मे हुने सडकका कारण दैनिक जसो आवतजावत गर्ने आम सर्वसाधारणलाई सास्ती भएको छ । पानी पर्ने बित्रिकै दैनिक जसो हिलाम्मे हुने अवस्थाका सडकमा सरकार मातहतका सडक डिभिजनको त आँखा जान सकेको छैन भने जिल्ला सदरमुकाम स्थित नगर र गाउपालिकाका सडकको हालत अझै कस्तो होला कल्पना सम्म नि गर्न सकिदैन । थप पढ्नुहोस्

महिला ठेकेदारको पीडा : इजरायलमा ‘भिडियो हेर्नुस’

काठमाडौं । पोखराकी महिला ठेकेदार लालशोभा गुरुङ बिगतमा ६ बर्ष इजरायल बसेर नेपाल फर्केकी छिन् । उनी संभवत् प्रदेश नं। ४ की अनुमतीप्राप्त निर्माण व्यवसायी हुन् । काजि निर्माण सेवा नामक फर्मबाट उनले निर्माणको ठेक्कापट्टा लिने गरेकी छन् । पछिल्लो समय घर निर्माणको काममा धेरै व्यस्त हुने लालशोभालाई सबैले काजि दिदी भनेर पनि चिन्छन् । काजिदिदीको बिगतको पीडा ठूलो छ, उनी कामको शिलसिलामा इजरायल गईन् । गाउँबाट पोखरा आएपछि एक एजेन्टले उनलाई इजरायल पुर्यायो । पोखरामा हुर्किएकी भएर नपढेपनि अंग्रेजी बोल्न जान्ने उनलाई इजरायलमा गाह्रो भयो । थप पढ्नुहोस्

प्राथमिकतामा पर्न नसकेको यार्सागुम्बा

भीष्मराज ओझा काठमाडौँ । हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन । नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्था गर्न सकेको छैन । यार्सागुम्बा हाल हिमाली भेगका झण्डै दुई दर्जन जिल्लाका हजारौँ मानिसको आम्दानीको राम्रो स्रोतका रुपमा स्थापित हुँदै गएको छ । यार्सागुम्बा संकलनका समयमा त्यस क्षेत्रका पूरै परिवार नै संकलन कार्यमा संलग्न हुने गरेका छन् । थप पढ्नुहोस्

कस्तो शरीरलाई फिट र हेल्दी मान्ने ?

शरीरलाई फिट राख्ने प्रमुख उपाय उपयुक्त खानपान र सही व्यायाम नै हो । थोरै समयमा खाने तर खाइरहने, जकं फुडबाट टाढै रहने, पानी तथा तरल पदार्थ प्रशस्त मात्रामा खाने । यति भए शरीर फिट मात्र रहँदैन सौन्दर्यलाई पनि सदाबहार राख्न सकिन्छ । हेभी एक्सरसाइज र डाइटिङ गरे स्लिम भइन्छ भन्ने अवधारणा सही हो ? एकदमै गलत हो । एक्सरसाइजको पनि आफ्नै नियम र तालिका हुन्छ । कस्ताका लागि कुन एक्सरसाइज, शरीरको कुन अङ्ग घटाउन वा बढाउन कस्तो प्रकृतिको एक्सरसाइज गर्ने भन्ने हुन्छ । एक्सरसाइज मात्र पनि धेरै गर्नुहुँदैन । दैनिक समय तालिका र प्रकृति मिलाएर एक्सरसाइज गर्नुपर्छ । थप पढ्नुहोस्

असन्तुष्ट पूर्व माओवादी कमाण्डरको भेट्रान अन्तरवार्ता ‘पार्टीले ठाडो अन्याय गर्दा झोक चलेको छ’

सरल सहयात्री   जसले जीवनको सबैभन्दा उर्जाशील समय देश र जनताको मुक्तिका खातिर युद्धमैदानमा बिताए । अनेक उल्झनसँगै आरोह/अवरोहकाबीच उनको संघर्षमय राजनीतिक जीवनयात्रा अघि बढ्यो । २०४८ सालमा सिन्धुपाल्चोकको मानेश्वाँरामा गठित बाल संगठनमा संगठित भएर राजनीतिक जीवन सुरु गरेका उनी २०४९ सालमा तत्काल अखिल छैठौंको जिल्ला सदस्य भए । २०५५ सालमा अखिल क्रान्तिकारीमा आवद्ध भएपछि उनी तत्कालिन माओवादीद्वारा सञ्चालित जनयुद्धमा होमिए ।२०५७ सालमा जनमुक्ति सेनाको सिपाहीहुँदै उनले राजनैतिक कमिसार र ब्रिगेड कमाण्डरसम्मको जिम्मेवारी कुशलापूर्वक सम्हाले । थप पढ्नुहोस्
1 3 4 5 6 7 12