बिहे नगरे पनि आमा !

अनुपम रोशी,काठमाडौँ — ‘अब बिहे नगरे पनि महिलालाई आमा बन्ने अधिकार ।’ कान्तिपुरमा यो समाचार पढेपछि म निकै खुसी भएँ । संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजनन सम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्तावलाई म खुलेर समर्थन गर्छु । किनकि आमा हुनुको आस्तित्विक परिचयलाई म स्वतन्त्र देख्छु । मेरो शरीर मेरो अधिकार क्षेत्र हो । र यो विलकुल प्राकृतिक छ । यसलाई न कसैले नकार्न सक्छ, न त परिवर्तन गर्न । तर विवाह मानव निर्मित संस्कार हो  । थप पढ्नुहोस्

आर्थिक क्रान्तिको विकल्प नै छैन : प्राडा. नारायणप्रसाद संग्रौला

पेशाले प्राध्यापक रहेका डा. नारायणप्रसाद संग्रौलाको परिचय बौद्धिक राजनीतिक व्यक्तित्वका रुपमा रहेको छ । प्राडा. संग्रौलाले आफ्नो राजनीतिक जीवनलाई गतिवान रुपमा अघि बढाएका छैनन् र पनि अहिले पनि उनी राजनीतिमा उत्तिकै सक्रिय छन् । विक्रम सम्वत् २०३६ सालको शिक्षक आन्दोलनमा २४ घण्टे अनशन बसेका उनी सोही साल २०३६ पछि अध्यापनसँगै राजनीतिमा सक्रिय भएका थिए । देशमा २०४६ को आन्दोलनमा पनि प्राध्यापक संघमा रहेर आन्दोलनमा सहभागी भए । उनले २०४५ सालदेखि महेन्द्र रत्न बहुमुखी क्यापसमा प्राध्यापक पेशा शुरु गरे । थप पढ्नुहोस्

सत्तापक्ष कि प्रतिपक्ष : दोधारमा मधेशी दल

–संगीता रेग्मी प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरम नेपाललाई मात्र सरकारमा ल्याउन पहल गरेकोमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले असन्तुष्टि व्यक्त ग¥यो । राजपाको असन्तुष्टि पछि प्रधानमन्त्रीले उसलाई पनि सरकारमा ल्याउन पहल थालेपछि राजपाका नेताहरूले सरकारमा सहभागिताका बारेमा औपचारिक छलफल सुरू गर्दै दुुईवटा महत्वपूर्ण काम गरे । पहिलो प्रधानमन्त्रीलाई विश्वासको मत दिए र अर्को राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई जिताए । राजपाका नेताहरूको शब्दमा यो दुबै राजनीतिक निर्णय भनेको ‘गुण तिर्न’का लागि हो । थप पढ्नुहोस्

सन्दर्भ : राष्ट्रिय सहकारी दिवस

नारायण अधिकारी २० चैत, चितवन । औलोको प्रकोपका कारण चितवनमा बस्न त्यतिबेला धेरै कठिन थियो । पहाडबाट झर्नेहरूका लागि के खाने र के गर्ने भन्ने अन्र्यौल थियो । त्यही अन्यौल चिर्न यहाँका सचेत व्यक्तिले सहकारी स्थापना गरे । जसले पहाडबाट यहाँ आउनेलाई खुवाउनका लागि धर्म भकारीदेखि ढड्डी फाँडेर खेती किसान गर्न सहयोग गथ्र्यो । त्यो थियो ‘बखान सहकारी’ । विसं २०१३ चैत २० गते आजकै दिन यो सहकारी दर्ता भएको थियो । त्यतिबेलाका संस्थापकको भनाइमा नेपाल सरकारका रजिष्ट्रार कृष्ण बम मल्लले यो सहकारी दर्ता गर्नुभयो । जसको दर्ता नं १ रह्यो । थप पढ्नुहोस्

कांग्रेस पराजय पछिको भूमिका के हुने ?

मनोज कुमार कर्ण नेपाली कांग्रेसले ईतिहासमा पञ्चायतको कालो छायांमा भन्दा कहिल्यै यस्तो पराजय कोहीपनि सभापतिको कार्यकालमा नभोगेको ईतिहास छ जबकि वर्तमान सभापति नै सबै कुराको जिम्मेवार छैनन् । एकातिर अधिकार खोज्ने समूह मधेशी, आदिवासी, जनजाती, महिलाहरूले कांग्रेससमेतबाट उपेक्षित भएको महशुस गरेका छन् भने कांग्रेसको सहमतिविना कुनैपनि समूहको माग सम्बोधनपनि भएको छैन । थप पढ्नुहोस्

घर फर्किने दिन कुर्दै लाखौँ रोहिङ्ग्या

मोहिनी मिश्र रिसाल म्यानमार सरकारले आफ्नो गल्ती लुकाउँदै आपूmहरुले रोहिङ्ग्यालाई राखिन राज्यबाट भगाउने र भाग्नुपर्ने कुनै त्यस्तो काम नगरेको दाबीगर्दै आएको छ, तर यता उनीहरु भने घर फर्किन पाउने साइतको पर्खाइमा रहेका छन् । हरेक दिन उनीहरुको प्रश्न हुने गर्छ हामी कहिले घर फर्किन पाउँछौँ ? यद्यपी गत बिहीबार बङ्गलादेश र म्यानमारबीच रोहिङ्ग्या शरणार्थीलाई दुई महिनामा फिर्ता गर्ने सहमति भएको ढाकाले जनाएको छ । थप पढ्नुहोस्

अमेरिकी राजनैतिक दुर्घटना र बचाउ

जेफ्रे डी स्याक्स न्यूयोर्क, ३२ साउन । आफ्नोे आर्थिक कार्यसूची सम्हाल्न र विश्वसनीय वैदेशिक नीति तय गर्न नसक्दा संयुक्तराज्य अमेरिका अहिले एउटा गम्भीर राजनैतिक दुर्घटनाको संघारमा छ । ह्वाइट हाउस सकसमा छस काँग्रेस प्रभावहीन भएको छस अनि सारा संसारले भयले हेरिराखेको छ । यदि हामीलाई यो विध्वंसबाट बच्नु र पार पाउनु छ भने यसका श्रोतहरु थाहा पाउनु जरुरी छ । वासिङ्टन डीसीमा दुई शक्ति केन्द्र छन्– ह्वाइट हाउस तथा क्यापिटोल । अहिले दुवै असमञ्जस्य अवस्थामा छन् तर विभिन्न कारणले । ह्वाइट हाउसको अकर्मण्यता मूख्यतः राष्ट्रपति डोनाल्ड ट्रम्पको ब्यक्तित्वको कारण हो । थप पढ्नुहोस्

स्थानीय तहमा एमालेको जीतसँगै उब्जेका प्रश्न ?

मनोजकुमार कर्ण एमालेले स्थानीय निर्वाचनको दुई चरणलाई पूर्णतः आफ्नो ‘राष्ट्रवाद’को जीत अर्थ लगाउने भईहाले किनकि सबभन्दा बढी सिट जितेर पहिलो नम्बरको पार्टी बनेको छ । थेसिस, एन्टिथेसिस वा सिन्थेसिस जे लगाएपनि आखिरमा एमाले सबभन्दा बढी सिट जितेको आँखाले देखेको र दिमागले गन्न सकिने परिणाम हो जसलाई स्विकार्नु पर्छ । एमालेले मधेशमा झन मधेशवादी दलका पदाधिकारीहरुलाई नै निर्वाचनको मुखमा भित्र्याएको हुनाले हामी नै हौं को भावना किन नपलाओस् ? एमालेलाई लाग्या होः वृद्धभत्ताको शुरुवाती कदम उसैको हो । थप पढ्नुहोस्

राजपाको कमजोर आन्दोलनको अवस्था

उपेन्द्र झा प्रदेश नं. २ बाहेक सबै प्रदेशमा चुनाव भई सकेको छ । अहिलेसम्मको नतिजा अनुसार एमाले पहिलो, नेपाली काँग्रेस दोश्रो र माओवादी केन्द्र तेश्रो स्थान लिन सफल भएका छन् । लोकतान्त्रिक फोरम, संसफो नेपाल र नयाँ शक्तिले लिएको आशा पूरा हुन सकेन, तथापि आफनो उपस्थिति भने दर्ज गराएका छन् । राजपा मधेश मुद्दा समातेर चुनावको विरूद्ध आन्दोलनमा एक्लै होमिएको छ । दोश्रो चरणको चुनावको मत गणना चलि रहँदा एमालेले संशोधन प्रस्ताव पास गरि २ नं. प्रदेशको चुनाव गराउने भने पनि मतगणनाको आखिरमा संशोधन प्रस्ताव पास गराउने आश्वासनबाट स्खलित भएको छ । थप पढ्नुहोस्

एसियाको भावी कृषिक्षेत्र, नेपाल, भारत, चिन वा अन्य कुनै ?

११ साउन, काठमाडौं । खाद्यान्नको अभाव एसियामा बसोबास गर्ने धेरैका लागि पुरानो सम्झनाको कुरा हो । तथापि, द्रुत गतिमा बढ्दो जनसङ्ख्यालाई खाद्यान्न र पोषण पुर्याउन यस क्षेत्रले सङ्घर्ष गर्न थालेको अवस्थालाई हेर्दा त्यो फेरिपनि जीवनको पीडादायी यथार्थ बन्नसक्ने देखिन्छ । एसिया हाल विश्वको सबैभन्दा ठूलो खाद्यान्न बजार हो र सन् २०५० सम्ममा यसको जनसङ्ख्यामा ९० करोड थप हुन गई पाँच अर्ब पुग्ने अनुमान गरिएको छ । थप पढ्नुहोस्
1 2