आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरिबी हटाउन र आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षाको आवश्यकता रहेको बताए । आयोजित अन्तर्राष्ट्रिय एसओएस दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले मुलुकको गरिबी हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको विकास हुनुपर्ने बताए । मुलुकको गरिबी हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको जरुरी रहेको बताउँदै मुख्यमन्त्री शाहीले उत्पादन र श्रमसँग जोडिने शिक्षा प्रणालीको विकास गर्नुपर्ने बताए । थप पढ्नुहोस्

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर । शुक्रबार बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि टिप्परले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । पेप्सिकोलाबाट सानोठिमीतर्फ आइरहेको बा ६६प ८५५३ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा २ क ३९३४ नम्बरको टिप्परले साढे ५ बजे ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक चेलाङ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्दै आएका ४८ वर्षीय चेतबहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । थप पढ्नुहोस्

संगठित अपराध मुद्धा लाग्ने भयो गोरेका मुख्य सहयोगी तिवारीलाई

काठमाडौं । सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्तमध्ये एक चुडामणि उप्रेती ‘गोरे’का सहयोगी राम तिवारीलाई संगठित अपराध मुद्धा चलाइने भएको छ । सुन तस्करीमा तिवारीको संलग्नता खुलेसँगै संगठित अपराध मुद्दा चलाउन सरकारले गठन गरेको बिशेष अनुसन्धान टोलीले उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको छ । तिवारीलाई कोरियाबाट फर्कने क्रममा २ साताअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो । अनुसन्धानको क्रममा उप्रेतीको सुन तस्करी गिरोहमा तिवारी समेत आबद्ध देखिएपछि उनलाई पनि प्रतिवादी बनाउने निर्णय भएको समितिले जनाएको छ । थप पढ्नुहोस्

डा. बाबुराम भट्टराईले गरे उपेन्द्रलाई अन्तिम विदाइ

काठमाडौं । नया शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले आफ्ना किशोरावस्थामा सहपाठीलाई अन्तिम विदाई गरेका छन् । आज डा. उपेन्द्र देवकोटालाई अन्तिम पटक उनको भौतिक शरीरसंग विदा लिंदा आफ्ना मनमष्तिष्कमा अत्यन्त भावमय अनुभूतिहरूको स्मरण गर्दै देवकोटालाई अन्तिम बिदाई गरेका छन् । थप पढ्नुहोस्

राष्ट्रियसभा : ५९ सदस्यीयको गोला प्रथाद्वारा कार्यकाल टुङ्गियो

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोला प्रथाद्वारा आज टुङ्गो लगाएको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोला प्रथाबाट छ वर्षको कार्यकाल प्राप्त गर्नेमा रमेशजङ्ग रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरवसुन्दर श्रेष्ठ र हरिराम चौधरी हुनुहुन्छ । थप पढ्नुहोस्

मेयरले डोजर चलायर उद्घाटन गर्दा पत्रकारसहित ५ घाइते

पोखरा । मानवीय अतिक्रमणमा परेको फिर्केखोला किनारमा पैदलमार्ग बनाउने योजनाको मेयरले डोजर चलाएर शुभारम्भ गर्ने क्रममा ५ जना खोलामा खसेर घाइते भएका छन् । पोखरा लेखनाथ महानगर प्रमुख मानबहादुर जिसी डोजरभित्र पस्नासाथ घुमेको बकेटले तस्बिर लिन पुगेका सञ्चारकर्मी र हेर्न गएका सर्वसाधारणलाई डोजरले घचेटेको थियो । बकेटले ठेल्दा रेलिङ भाँचिएपछि रेलिङसहित पत्रकारहरु रन्जन अधिकारी क्षेत्री र सन्देश श्रेष्ठ, स्थानीय गौरी पौडेल लगायत ५ जना पनि २० मिटर तल खोलामा खसेका थिए। पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ। अन्य उपचारपछि घर फर्किएका छन् । थप पढ्नुहोस्

एकीकरणका लागि दुवै युवा संगठनका कार्यक्रम स्थगित

काठमाडौं । युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग ९वाइसिएल० को एकीकरणका लागि दुवै संगठनका आगामी कार्यक्रम स्थगित गरिएको छ । दुवै संगठनका कार्यक्रम स्थगित भएपछि अब दैनिक कार्यक्रम, सांगठनिक प्रशासनिक तथा राजनीतिक गतिविधि गर्न नपाइने तर यसअघि संगठन एकीकरणका लागि पार्टीले गठन गरेको कार्यदलले भने अब संगठनका कार्यक्रमलाई अगाडि बढाउने भएको छ । पार्टीले युवा संघका इन्चार्ज महेन्द्रबहादुर पाण्डे, वाइसिएलका इन्चार्ज मणि थापा तथा युवा संघका अध्यक्ष रमेश पौडेल र वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ९दीपशिखा० रहेको कार्यदल गठन गरेको थियो । थप पढ्नुहोस्

निष्पक्षता, पारदर्शिता र गुणस्तरीयता भुल्न हुन्न : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न निर्देशन दिएकी छन् । लोकसेवा आयोगको ६८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उनले आयोगले कार्यसम्पादनमा आधुनिक नवीन प्रविधि र तालीम अभिमुखीकरणबाट आवश्यक ज्ञान सीप बढाउने खालका कार्यक्रम बनाउन सुझाव दिएकी हुन् । आयोगको महत्व, गरिमा र प्रतिष्ठामा कहीँ कतै आँच आउने काम कसैबाट हुनुहुन्न भन्ने पक्षलाई मनन गर्न सुझाव दिँदै उनले काम कारवाहीमा निष्पक्षता, पारदर्शिता र गुणस्तरीयता सदासर्वदा कायम गराउने मूल दायित्वलाई नभुल्न निर्देशन दिएकी हुन् । थप पढ्नुहोस्

सात प्रदेशमा फोनिजको नयाँ संरचना बन्ने

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोस्रो संघीय परिषद् बैठकले प्रादेशिक संरचना निर्माण गर्ने भएको छ । फोनिजको दोस्रो संघीय समिति बैठकले सात वटै प्रदेशमा प्रदेश समिति गठन गर्ने निर्णय गरेको हो । थप पढ्नुहोस्

५ बुदे निर्णय सहित हिन्दू परिषद नेपालको बिस्तारिक बैठक संम्पन

बीरगंज । हिन्दू परिषद नेपाल प्रदेश न.२ को बिस्तारिक बैठक गहवामाई अतिथि सदन बिरगंजमा संम्पन भएको छ । गहवामाई मन्दिरमा पूजापाठ गरी शुरू भएको बैठकले ५ बुदे निर्णय गर्दै संम्पन भएको महासचिव प्रमोद सिहले बताए । प्रदेस न.२ का अध्यक्ष सचितनन्द दुबेको सभापतित्वमा संम्पन बैठकमा केन्द्रिय अध्यक्ष संतोष पटेल,प्रवक्ता श्रीराम उपाध्याय, सह-कोषाध्यक्ष संजय सरार्फले शुभकामना सहित सक्रियताका साथ कार्य गर्न निर्देशन दिएका थिए । थप पढ्नुहोस्
1 2 3 9