इपीजीको अन्तिम बैठक : प्रतिवेदन तयार !


Share This


नेपालबहस संवाददाता    29 Views

 एक महिनाभित्र दुवै देशका प्रधानमन्त्रीलाई बुझाइने

काठमाडौ । नेपाल भारत प्रवुद्ध समूहले आफ्नो अन्तिम प्रतिवेदन तयार गरेको छ। काठमाडौँमा शनिवार अबेर सम्पन्न इपीजीको ९ औँ बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको हो।

सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धिसहितका असमान सन्धि सम्झौता पुनरावलोकन तथा दुईपक्षीय विवादित विषयको अध्ययन गरी सुझाव २०७३ सालमा तत्कालीन केपी ओली नेतृत्वको सरकारको पालामा इपीजी गठन भएको थियो।

दुई दिनसम्म काठमाडौँमा बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको इपीजीका नेपाल तर्फका सदस्य डा। राजन भट्टराईले जानकारी दिए। बैठकले टुंग्याएको प्रतिवेदनलाई कम्तीमा १ महिना भित्र दुवै देशका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने निर्णय गरेको उनले बताए।

‘दुई देशबीचका असमान सन्धि सम्झौताको पुनरावलोकनको सुझाव सहितको प्रतिवेदनलाई अन्तिम रूप दिने काम भएको छ,’ उनले भने, ‘हाम्रो हितलाई हामीले ख्याल गरेका छौँ। प्रतिवेदनमा के छ भन्ने कुरा सरकारले सार्वजनिक गर्छ।’

सन् १९५० को सन्धिलाई दुवै देशको हित र वास्तविकतालाई हेरेर प्रतिवेदन तयार पारिएको समितिका सदस्यहरूले बताएका छन्। भारततर्फका सदस्य महेन्द्र पी लामाकाअनुसार दुई वटा राष्ट्रका प्रधानमन्त्रीले दिएका कार्यविधिलाई नै आधार बनाएर प्रतिवेदन तयार भएको छ।

प्रतिवेदनमा समावेश सुझाव दुवै सरकारलाई कार्यान्वयन गर्न सहज हुने उनको भनाई छ। २ वर्षको अवधिसहित गठन भएको इपीजीको म्याद २० गते सकिँदै छ ।

तपाईको प्रतिक्रिया