बेनी-जोमसोम सडकमा पहिरो खस्दा यातायात अवरुद्ध


Share This


नेपालबहस संवाददाता    29 Views

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-३ दानाको तितरमा पहिरो जाँदा बेनी-जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ । बुधबार बिहान झरेको चट्टानी पहिरोले बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको हो ।

यातायात रोकिएपछि सयौं यात्रु बेगखोलामा अलपत्र अवस्थामा रहेका छन् । स्थानीय इन्द्रसिं शेरचनका अनुसार ठूलठूला चट्टान झरेकोले पैदलयात्रुलाई समेत समस्या परेको छ ।

सडक खुलाउन कालीगण्डकी करिडोर अन्तर्गत बेनी-जोमसोम सडक विस्तार कार्यक्रमका डोजर ल्याउन पहल भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार