जनप्रतिनिधि बैंक र वित्तीय संस्थाको सञ्चालक हुन नपाउने


Share This


नेपालबहस संवाददाता    168 Views

९ साउन, काठमाडौं । जनताबाट निर्वाचित जनप्रतिनिधिले बैंक तथा वित्तीय संस्थाको सञ्चालक तथा अध्यक्ष हुन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार निर्देशिका जारी गरी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरिएको जानकारी गराएको छ ।

बैंक तथा वित्तीय संस्था ऐनमा भएको प्रावधानबमोजिम केन्द्रीय बैंकले निर्देशिका जारी गरेको हो । जनप्रतिनिधि बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुँदा संस्थागत सुशासन कमजोर हुने ठहर गर्दै वहाल अवधिसम्म जनप्रतिनिधिलाई बैंक तथा वित्तीय संस्थाका कुनै पनि पदमा नरहन राष्ट्र बैंकले भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार