कालिमाटी बजारका स्टलहरू सुधार नगरे कालिमाटी नै हटाउने : मन्त्री खनाल


Share This


नेपालबहस संवाददाता    15 Views

काठमाडौं  । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाइदिने चेतावनी दिएका छन्  ।

आफू स्थलगत अनुगमनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरू सुधार गर्न जरुरी रहेको पाइएको बताउँदै उनले आफूले भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पारेका छन्।

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खनालले भने,‘भदौसम्म पनि कुनै सुधार भएन भने हामी आवश्यक परे कालिमाटी बजार नै बन्द गराउन बाध्य हुन्छौं, सुधारको लागि हदैसम्मको समय दिइएको छ, त्यति गर्दा पनि कुनै सुधार भएन भने बजार हटाइन्छ।’

उनले कालिमाटी फलफूल तथा तरकारी बजारस्थलमा रहेका स्टलहरू समितिले निर्धारण गरेको मूल्यभन्दा दशौं गुणा बढी लिइएको भेटिएकोले आफूले स्थलगत अनुगमन गरेर निर्देशन दिएको सुनाए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार