सामसङ जे टु २०१८ मोबाइल नेपाली बजारमा


Share This


नेपालबहस संवाददाता    67 Views

काठमाडौं । नेपालमा वेस्ट सेलिङ्ग मोबाइलको रुपमा स्थापित सामसङ मोबाइलको सिरिज अन्तर्गत हालै जे टु २०१८ मोबाइल नेपालीबजारमा प्रस्तुत गरेको छ ।

ग्लालेक्सी जे टु २०१८ मोबाइल गत १८ मेदेखि नेपाली बजरामा उपलब्ध हुँदै आएको छ । यस सेटको मूल्य ने।रु १४ हजार ५ सय ९० रहेको छ । मोबाइल गोल्ड तथा ब्ल्याक गरी दुई रंगमा उपलब्ध छ । यो सेट क्वालकोम स्नैपडै«गन प्रोसेर, २ जिबि ¥याम तथा १६ जिबी इन्टरनल मेमोरीका साथ उपलब्ध रहेको छ ।

स्मार्ट फोनमा हुनु पर्ने डिभाइस मेन्टिनेन्स फिचर यस सेटमा रहेको छ । यो फिचरले गर्दा यसको कार्य क्षमता अझ बढी विशिष्ट हुन पुगेको छ । यसबाट ग्यालेक्सी जे टु २०१८ सेटमा मेमोरी सेविङ्गफिचर रहेको छ यसबाट सोसल मिडिया एप्लिकेशनका सामग्रहीहरुलाई सीधै मेमोरी कार्डमा राख्न सकिने छ ।

सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले “ यो सेटले सामसङको प्रतिबद्धतालाई पुष्टि गरेको छ । सोसल मिडियाको ज्यादाप्रयोग गर्नुहुने प्रयोगकर्ताहरुका लागि मुभ टु मेमोरी कार्ड जस्तो बहुपयोगी फिचरले इन्टरनल मेमोरीलाई प्रगोग नगरी चलाउन सकिने सुविधा प्रदान गर्दछ ।

ग्यालेक्सी जे टु २०१८ मा ५ दशमलव ० इन्चको सुपर अमोल्ड डिस्प्ले, २६०० प्रतिघण्टा मिली एम्पियर (एमएएच) व्याट्री रहेको छ ।
यसमा भएका विशेषताहरुले गर्दा प्रयोगकर्ताहरुलाई शानदार अनुभप प्रदान गर्नेछ । एलइडि प्ल्यासको साथ ८ मेगापिक्सलको रियर क्यामरा तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा विद्यमान रहेको छ । यसले कम उज्यालोको अवस्थामा पनि उत्कृष्ट एवं सफा फोटो खिच्न सक्दछ ।

तपाईको प्रतिक्रिया