राजधानीका दुई पेट्रोल पम्पमा सिलबन्दी


Share This


नेपालबहस संवाददाता    68 Views

काठमाडौं । मापदण्ड विपरित काम गरेका दुई पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ । सोमबार बिहान उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, मातहतका आयल निगम र गुणस्तर तथा नापतौल विभागले राजधानीका विभिन्न पेट्रोल पम्पमा अनुगमन गर्दा मापदण्ड बाहिर काम गरेको भेटिएपछि सिलबन्दी गरेको हो ।

प्रशान्ति आयल स्टोर एकान्तकुना र ललितपुरको सातदोबाटो १५ स्थित महालक्षमी विश्वकर्मा ट्रेडर्सको पेट्रोल डिस्पेलिङ पम्पमा सिल गरिएको हो ।

१० लिटर पेट्रोल हाल्दा बढीमा २५ एमएल कम हुँदा सम्म छुट पाइने निगमको प्रावधान विपरित प्रशान्ति आयल स्टोरमा ३० एमएल र महालक्ष्मी विश्वकर्मा ट्रेडर्समा ४० एमएल पेट्रोल कम भएको पाइएपछि सिल गरिएको हो ।

तपाईको प्रतिक्रिया