क्षेत्रीय शहरी विकास योजनाको ठेक्का समझौता


Share This


नेपालबहस संवाददाता    14 Views

वीरगंज । एशियाली विकास बैंक, नेपाल सरकार तथा वीरगंज महानगपालीकाको संयुक्त लगानीमा निर्माण हुने क्षेत्रीय शहरी विकास योजनाको ठेक्को समझौता बुधबार सम्पन्न भएको छ ।

वीरगन्ज महानगपालीकाको सभाकक्षमा सम्पन्न भएको ठेक्का समझौता कार्यक्रममा नगर प्रमुख वीजय कुमार सरावगीको उपस्थितीमा महानगपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत डा भिष्मकुमार भूषाल र ठेक्केदार कम्पनीको तर्फबाट कालीका कन्ट्रकसन कम्पनीका अधिकारीक प्रतिनिधि ठाकुर ढाकालले समझौता पत्रमा हस्ताक्षर गरेका छन् ।

एशियालीका विकास बैकको सहयोगमा चल्दै आएको मझौला शहर एकिकृत सहरी बातावरणीय सुधार आयोजनाले समेटन नसकेको क्षेत्रहरुमा सडक, भुमिगत नाला तथा सोलार लाइट जडान मुख्य योजना रहेको छ । ग्लोबल टेन्डरको आधामा उक्त विकास योजनाको ठेक्का चाइनिज जेटिएसजे र कालीका कन्ट्रकसन कम्पनीले संयुक्त रुपमा लिएका छन ।

मुख्यत वीरगंजको बाइपासमा ६लाइनको सडक निर्माण गर्नुको साथै रेलवे रोड,घन्टाघर–बष पार्क तथा पिपरा लिकं रोड,कवि सिरोमणी टोल, तेजारथ टोल, राधेमाइ र भिषवाको नरह लगायतका डुबान क्षेत्रमा भुमिगत नाला निर्माण गर्नुको साथै सडक निर्माण गरि सोलार बत्ती जडान गर्ने योजना रहेको छ ।

२ अर्ब ३४ करोड ९२ लाख ६६ हजार ३०५ रुपैयाको लागतमा निर्माण हुने योजना कार्यको समयअवधि २ बर्ष रहेका छ ।  जसमा वीरगंज महानगरपालीकाले ६.२५ र नेपाल सरकार तथा एशियाली विकास बैकले ९२.८५ अनुदानको रुपमा उपलब्ध गराउने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया