चिडियाखानाको गोहीलाई सफा बनाउने कार्य त्रिव


Share This


नेपालबहस संवाददाता    31 Views

आगन्तुकले अब गोही सफा देख्न पाउने

ललितपुर । सदर चिडियाखानामा रहेको गोही आगन्तुकले अब सफा देख्न पाउने भएका छन् । स्वचालित साधनको प्रयोग गरेर गोही सफा बनाउन लागिएको चिडियाखानाले जनाएको छ । स्वचालित यन्त्रले खोर सफा गर्नेसँगै अक्सिजनको मात्रा बढाउने सहायक निरीक्षक गणेश कोइरालाले बताए ।

खोरमा स्वचालित यन्त्र जडान गर्ने काम यही आर्थिक वर्षदेखि शुरु भएको हो । काम झण्डै अन्तिम चरणमा पुगेको छ । उनका अनुसार अव दुई चार दिनमा नै त्यो सञ्चालनमा आउने भएको छ ।

पहिला चिडियाखानामा रहेका जनावरमध्ये गोही फोहोरी जनावर मानिन्थ्यो । यसअघि खोर नजीक जाँदा गोही हिलामा डुबेको देखिन्थ्यो ।राणाकालमा बनेको चिडियाखानामा वर्षेनी सुधार र मर्मतका काम भइरहेका छन् । कतिपय खोरको मर्मत वा पुनःनिर्माण र कतिको क्षेत्रफल बढाउने जस्ता काम भइरहेका छन् ।

बाइस वर्ष पहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानाको जिम्मेवारी लिएयता वर्षेनी सुधारका काम गरिरहेको हो । चिडियाखानामा अहिले एक सय २४ प्रजातिका आठ सय ३७ जनावर छन् ।

तपाईको प्रतिक्रिया