शिवरात्रि मेला भर्न आएका चार हजार साधु फर्किए


Share This


नेपालबहस संवाददाता    78 Views

४ फागुन, काठमाडौं । महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथ दर्शनमा आउने चार हजार साधुसन्तलाई दक्षिणासहित बिदाई गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले रु १५१ देखि रु पाँच हजार १०० सम्म र गुठी संस्थानले रु ३५१ देखि रु एक हजार ७५१ सम्म दक्षिणा दिई शिवरात्रि मेला भर्न आएका साधुसन्तलाई बिदाई गरेको हो ।

संस्थानले सन्तलाई सात श्रेणीमा विभाजन गरेको थियो । दक्षिणाबापत रु १५ लाख वितरण गरिसकिएको संस्थानका उपप्रशासक एवं शिवरात्रि मेला समिति संयोजक दीपकबहादुर पाण्डेले जानकारी दिए ।

बाँकी केही साधुलाई शनिबार दक्षिणासहित बिदाई गर्ने तयारी गरिएको छ । बाँकी साधुलाई रु एक लाखसम्म दक्षिणास्वरुप दिनुपर्ने उनले बताए । कोषले साधुसन्तलाई पाँच श्रेणीमा विभाजन गरी दक्षिणासहित बिदाई ग¥यो । साधुसन्तलाई मठले दिएको जिम्मेवारीका आधारमा संस्थानले टोकन दिएर श्रेणीको विभाजन गर्छ । लालमोहर पाएका नागाबाबालाई संस्थानले पहिलो श्रेणीमा राख्छ ।

पहेँलो बस्त्र लगाई दक्षिणासहित बिदाई समारोहमा उपस्थित भएका जुनसुकै साधुलाई पनि खाली हात नगरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए। कोषले पनि बिदाई गर्न बाँकी साधुलाई शनिबार पशुपति मन्दिरबाट बिदाई गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार