बृहद् महाभारत पदमार्ग, टोली सिन्धुलीगढीबाट फिक्कल


Share This


नेपालबहस संवाददाता    539 Views

काठमाडौं । समृद्ध सिन्धुली अभियानले बृहद् महाभारत पदमार्गको एतिहासिक सिन्धुलीगढीदेखि फिक्कल खण्डको अध्ययन गर्न टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

अध्ययन टोलीले चैतमा काभ्रेको नमोबुद्धदेखि सिन्धुलीगढीसम्म महाभारत डाडैंडाडा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गरेको थियो ।ग्रेट हिमालयन ट्रेल जस्तै ग्रेट महाभारत ट्रेल पदमार्गको सम्भाब्यता अध्ययन गर्न टोलीले महाभारत डाँडैडाँडा पदयात्रा गर्ने छ ।

टोलीले सिन्धुलीकै अध्ययन टोलीमा पर्यटनविज्ञ, समाजशास्त्री, भिडियोग्राफर, नक्साङ्कनकर्तालगायतका विज्ञहरु सहभागी छन् ।
समृद्ध सिन्धुली अभियानको टोली पूर्वपश्चिम फैलिएको महाभारत डाँडैडाँडा नयाँ पदमार्गको खोजी गर्ने अभियानका संयोजक लीलानाथ घिमिरेले बताए ।

राजधानीबाट नजिकै रहेको महाभारत पदमार्ग आवश्यकताअनुसार लामो र छोटो दुरीमा गर्न सकिन्छ । यस मार्गलाई खगोल, जीवजन्तु, चराचुरुंगी र बनस्पत्ति अध्ययनमा उपयोग गर्न सकिने अभियानको यसअघिको अध्ययनले देखाएको संयोजक लीलानाथ घिमिरेले बताए ।बाटोमा पर्ने गाउँहरुमा होमस्टे संचालन, पदमार्गको सुधार र पदमार्गमा पर्ने स्थानीय तहसँग समन्वय गरेर त्यस क्षेत्रका बासिन्दालाई सहभागी गराउने अभियानको उद्देश्य रहेको अर्का अभियन्ता दीपक श्रेष्ठले बताए ।

राजधानी र तराइबाट नजिकै रहेको यस मार्गमा पदयात्रा गराउन सकिने संभावना देखिएको उनले बताए । यात्राका क्रममा पुगिने ठाउँका स्थानीय जातजाती, संस्कृति, रहनसहन, वातावरण, बनस्पति, सार्बजनिक स्थलहरु, झरना, गुफालगयातका हेर्नलायक स्थलहरु, होमस्टेको सम्भावनालगायतका कुराहरुको अध्ययन गर्ने अभियानले जनाएको छ ।

‘अध्ययनका क्रममा पुगेका स्थलहरुको डिजिटल, एनालग नक्सा, फोटो, भिडियो, स्थानीय स्तरमा प्राप्त कथाहरु संकलन गरिने संयोजक लीलानाथ घिमिरेले बताए । यात्रामा समृद्ध सिन्धुली अभियानका अभियन्ताहरु लीलानाथ घिमिरे, सौरभ ढकाल, दीपक श्रेष्ठ, फोटो ग्राफर गणेश भण्डारीलगायत छन् । महाभारत ट्रेल अध्ययनका लागि राष्ट्रिय प्रकृति कोषसँग अभियानले सहकार्य गरेको छ ।

अध्ययनमा स्टोरी साइकल, आवर ड्रिम सिटीलगायतका संस्थाले सघाएका छन् । यात्रीलाई शिखर सुज, शिवाकोटी ब्यागलगायतले सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया