आज र भोली देशका मुख्य नदीमा जोखिम न्युन, सर्तक रहन आग्रह !


Share This


नेपालबहस संवाददाता    33 Views

काठमाडौं । केही दिन देखि लगातार रुपमा सक्रिय भएको मौसम शुक्रबार मध्यम देखिएको छ । न्यून चापिय क्षेत्रका कारण मौसम सक्रिय भएको मौसमविद् बरुण पौडेलले नेपालबहस डटकमलाई जानकारी दिएका छन् ।

मौसमविद पौडेलका अनुसार आज र भोली देशका मुख्य नदीहरुमा ठुलो जोखिम नभएपनि आइतबार पर्सी देशको पूर्वी र मध्य भुभागबाट प्रबाह हुने कन्काई, कोसी, कमला, बागमती सहित आसपासका स-साना नदीहरुमा समेत बहाब उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

देशका पूर्वी र मध्य भुभागका आसपासका क्षेत्रका बासीदाहरुलाई सर्तकता अपनाउन मौसम विभागले आग्रह गरेको छ । अन्य जानकारीका लागि तल राखिएको विभागद्धारा प्रकाशित सुचना हेर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया