शैक्षिक मेलामा विद्यार्थीको चासो, आज समापन हुदै ‘तस्बीर’


Share This


नेपालबहस संवाददाता    52 Views

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी पाँचौं संस्करणको काठमाण्डू पोस्ट शैक्षिक मेला ‘एडुकेसन फेयर’ आइतबार आज समापन हुँदैछ ।

मेलाको दोस्रो दिन शनिबार विद्यार्थी र अभिभावकको उल्लेख सहभागिता रहेको थियो । आयोजकका अनुसार एकैदिन करिब १५ हजार विद्यार्थी र अभिभावकले मेलाको अवलोकन गरेका छन् । उनीहरूले स्नातक र स्नाकोत्तर पढाइ हुने स्वेदश तथा विदेशका शैक्षिक संस्थाहरूबारे जानकारी लिएका छन् ।

मेला स्थलमा रहेका सयभन्दा बढी स्टलमा पुगेर विद्यार्थी र अभिभावकले शैक्षिक जानकारी लिएका छन्। कक्षा १२ र स्नातक तहको पढाइ सकेर उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थीहरूलाई कलेजका सञ्चालक, प्राध्यापक, अध्ययनरत विद्यार्थीहरू र कन्सल्टेन्सी स्टलहरूबाट विविध जानकारी गराइएको थियो ।

मेला स्थलमा मनोरञ्जनात्मक कार्यक्रम र विभिन्न क्षेत्रका व्यक्तित्वसँगको अन्तरक्रियाले झनै रौनकता थपेको थियो । कलाकार मदनकृष्ण श्रेष्ठ, गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाइसकेका तेज स्मरणशक्ति रहेका अर्पण शर्मा, मिस नेपाल शृंखला खतिवडालगायतले आफ्नो शैक्षिक अनुभव सुनाएका थिए ।

 

राइज इभेन्टको सहकार्य र द ब्रिटिस कलेजको मुख्य प्रायोजनमा मेला आयोजना गरिएको हो ।

https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/s2048x2048/36840300_680441568974617_6979309838681505792_n.jpg?_nc_cat=0&oh=72e3e05045cb0a1604f706db2c2d7dbd&oe=5BE4EBC8
तपाईको प्रतिक्रिया