विश्व जनसंख्या दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै


Share This


नेपालबहस संवाददाता    25 Views

काठमाडौं । विश्व जनसंख्या दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ ।

दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सम्बन्धि संघसंस्थाको पहलमा विभिन्न कार्यक्रम हुँदैछ । यसवर्ष जनसंख्या दिवसको नारा ‘युवामा लगानी गरौं’ भन्ने राखिएको छ ।

दिवसका अवसरमा शुभकामना दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले देश विकासमा युवा जनशक्तिलाई परिचालन गर्न राज्यले युवाहरुको पहिचान गरी विशेष नीति र कार्ययोजना ल्याउने बताएका छन् ।

अधिकारीले देशले युवा लक्षित लगानी गर्न सके देश विकासमा ठूला टेवा पुग्ने बताए। विश्वमा १० देखि २४ वर्ष उमेर समुहका मानिसहरूलार्इ युवा मानिन्छ।

नेपालमा यो उमेरका करिब ३३ प्रतिशत जनसंख्या रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार