लुकाकुको व्यक्तिगत दोश्रो गोल, बेल्जियमको अग्रता तेब्बर


Share This


नेपालबहस संवाददाता    54 Views

फेष्ट, ४ असार । रुस विश्वकप फुटबलमा बेल्जियम पनामामाथि हावी भएको छ । उसका लागि रोमेलु लुकाकुले दूई गोल गरेका छन् ।

फेष्टको ओलेम्पिक रंगशालामा लुकाकुले दोश्रो हाफमा पनामाको पोष्टमा दुई गोल गरे । ६९ औँ मिनेटमा पहिलो गोल गरेका उनले ७५ औँ मिनेटमा दोश्रो गोल गरेका हुन् ।

यसअघि डिरिज मार्टिन्सले ४७ औँ मिनेटमा पहिलो गोल गरेका थिए । तीन गोल खाएपछि पनामा निकै कमजोर देखिएको छ ।

दोश्रो हाफमा दुई गोल गरेर बेल्जियमा पनामामाथि हावी भएको छ । पहिलो हाफ भने बराबरीमै सकिएको थियो ।

तपाईको प्रतिक्रिया