कोलम्बियालाई हराउदै जापान बन्यो अमेरिकीलाई जित्ने पहिलो एसियाली देश


Share This


नेपालबहस संवाददाता    69 Views

रुस, ५ असार । विश्वकप फुटबलमा जापानले कोलम्बियालाई पराजित गरेको छ । समुह एच को जापानले यसअघि कहिल्यै हराउन नसकेको कोलम्बियालाई जापानले विश्वकपमा पहिलोपटक हराएको हो ।

यससँगै विश्वकपमा दक्षिण अमेरिकीलाई हराउने पहिलो एसियाली देश जापान बनेको छ । यसअघि कुनै पनि देशले दक्षिण अमेरिकी टिमलाई हराउन सकेका थिएनन् ।

एसियाली देशले दक्षिण अमेरिकी देशसँग १७ पटक खेलेपनि सबैमा पराजित भएका थिए । तर मंगलबार जापानले १० खेलाडीमा सिमित कोलम्बियालाई हराएसँगै यो इतिहास उल्ट्याएको हो ।

जापानलाई जिताउन शिन्जी कागावाले पेनाल्टीमाफर्त पहिलो गोल गरेका थिए । उनले कोलम्बियाका कार्लोस साञ्चेजले हातले बल रोक्न खोज्दा रेर्ड कार्ड दर्शन गरेर मैदानबाट बाहिरिए ।

त्यसपछि जापानले आफ्नो प्रभाव देखाएको हो । कप्तान जेम्स रोडिग्वेज घाइते भएर दोश्रो हाफमा मैदान उत्रिएपनि टोलीलाई जितका लागि तयार पार्न सकेनन । कोलम्बियाका जुवान क्विन्टेरोले एक गोल गरे ।

तर खेलको ७३ औँ मिनेटमा यायु ओसाकाले गोल गरेपछि कोलम्बिया हारको अवस्थामा पुगेको हो । गत विश्वकपमा भने कोलम्बियाले जापानलाई ४ एक गोलले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया