बेल्जियमलाई रोक्न चुनौति, जर्मनीलाई जित्नैपर्ने दबाब, तर लयमा स्वीडेन !


Share This


नेपालबहस संवाददाता    52 Views

काठमाडौँ, ९ असार । विश्वकप फुटबलमा शनिबार राती तीन खेल हुदैछन् । पहिलो खेलमा बेल्जियम र ट्युनिसिया भिड्दैछन् । यी दुई टोलीबीचको खेल बेलूकी पौने ६ बजे शुरु हुदैछ । बेल्जियम पहिलो खेलमा विजयी भएको थियो । ट्निसिया भने हारेको थियो ।

यस्तै दोश्रो खेलमा दक्षिण कोरिया र मेक्सिको खेल्दैछन । यी दुईबीचको खेल राती पौने ९ बजे शुरु हुनेछ । मेक्सिकोले जर्मनीलाई हराएर बलियो टोलीका रुपमा दरिएको छ । दक्षिण कोरिया भने स्वीडेनसँग हारेको थियो ।

यस्तै आजको तेश्रो खेलमा जर्मनी र स्वीडेन खैल्दैछन । राती पौने १२ बजे शुरु हुने खेलमा जर्मनीलाई अघिल्लो चरण पुग्न लयमा रहेको स्वीडेनलाई हराउनैपर्नेछ ।

यसअघि गएराती भएका खेलमा ब्राजिल, नाइजेरिया र स्वीटजरल्याण्ड विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया