ट्युनिसियाको पोष्टमा बेल्जियमको ५ गोल, बन्यो विश्वकप उपाधि दाबेदार !


Share This


नेपालबहस संवाददाता    59 Views

काठमाडौँ, ९ असार । बेल्जियमले ट्युनिसियालाई फराकिलो गोल अन्तरले हराउँदै विश्वकप उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको छ ।

बेल्जियममा अहिलेको पूस्ताको गोल्डेन इरा टिमले ट्युनिसियालाई ५ – २ गोल अन्तरले पराजित गरेको हो । एकपक्षीय जस्तै खेल खेलेको बेल्जियमका लागि कप्तान इडेन हजार्ड र रोमेलु लुकाकुले दुई दुई गोल गरे ।

ट्युनिसियाका डिलान ब्रोननले एक गोल मात्रै फर्काउन सके । खेलको ९० औँ मिनेटमा मिकी बात्सुयीले एक गोल थपेपछि बेल्जियम ५ – २ गोल अन्तरले विजयी भएको हो ।

अतिरिक्त समयमा ट्युनिसियाका वाहबी खाज्रीले गोल गरेर अग्रता छोट्याएपनि टिमको हार टार्न सकेनन । पहिलो खेलमा पनामालाई हराएको बेल्जियमले आजको जितसँगै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । यसअघि इंग्ल्याण्डसँग पनि पराजित भएको ट्युनिसिया भने विश्वकपबाट बाहिरिएको छ ।

यसअघि पनामासँग पनि दुई गोल गरेका लुकाकुले क्रिष्टियानो रोनाल्डोको ४ गोलसँग बराबरी गरेका छन् । रोनाल्डोले भने पहिलो खेलमै ह्याटिक गरेका थिए ।

गोल्डेन बुट दाबेदारमा अब रोनाल्डो र लुकाकु अग्रस्थानमा छन् । साथै बेल्जियमले दुई खेलमा ८ गोल गर्ने आयोजक रुसको सर्वाधिक टिम गोलसँग बराबरी गरेको छ ।

आयोजक रुसले पहिलो खेलमा साउदीलाई ५ शुन्य र दोश्रो खेलमा पनि ३ गोल हानेर खेल जितेको थियो । ठीक उसैगरी बेल्जियमले जितेको छ ।

तपाईको प्रतिक्रिया