खेलाडीहरुको जीवन यापनको व्यवस्था सरकारले गर्नु पर्छ : मुख्यमन्त्री राउत


Share This


नेपालबहस संवाददाता    25 Views

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले खेलाडीहरुको जीवन यापनको व्यवस्था सरकारले नगरे सम्म खेलकुदको समुचित विकास हुन नसक्ने बताएका छन् ।

एन्फाले मंगलबार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय एन्फाको कार्यनीति र विधान सम्बन्धि कार्यशालालाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले लामो समयको केन्द्रितकृत शासन व्यवस्थाका कारण उपेक्षामा परेको खेलकुद क्षेत्रले अव विकास गर्नेमा आफु विश्वस्त रहेको बताएका छन् ।

नेपालमा फुटबलको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनँले युवाहरुलाई अनुशासित बनाउन समेत खेलकुदको विकासमा आफुहरुको ध्यान रहेको उल्लेख गरेका छन् ।

एन्फाका केन्द्रिय अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले एन्फा प्रदेश नं. २को चन्द्रनिगाहपुरमा महिला टेक्निकल सेन्टरको स्थापना गर्न लागेको जानकारी गराउदै निकट भविष्यमै पुरुष टेक्निकल सेन्टरको समेत स्थापना गर्ने बताए ।

उनले यो प्रदेशको १२ हजार विद्यार्थीलाई एक साथ फुटबलमा सहभागी गराउने योजना आफुहरुले बनाएको उक्त कार्यक्रममा जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया