एसियन गेम्स आगामी अगस्ट १८ देखि, नेपाल र जापान एउटै समूहमा


Share This


नेपालबहस संवाददाता    10 Views

काठमाडौं । इन्डोनेसियामा आगामी अगस्ट १८ देखि सेप्टेम्वर २ सम्म आयोजना हुने १८औँ एसियन गेम्स अन्तर्गत पुरुष फुटबलको खेल तालिका सार्वजनिक भएको छ।

जसअनुसार नेपाल समूहमा डी मा परेको छ। नेपाल रहेको समूहमा एसियन पावर हाउस जापान, भियतनाम र पाकिस्तान पनि परेका छन्।

एसियन गेम्स अगस्ट १८ देखि सुरु हुने भएपिन फुटबल भने ४ दिन अगाडी नै सुरु हुनेछ। एसियन गेम्समा फुटबल खेल्ने २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ।

एसियन गेम्समा यू-२३ राष्ट्रिय टिमले खेल्छन्। यद्यपी उक्त टिममा २३ वर्षमाथिका पनि ३ खेलाडी राख्न पाउने प्रावधान छ। नेपालले एसियन गेम्सका लागि २० सदस्यीय टोली घोषणा गरिसकेको छ।

चारवर्षअघि दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ एसियन गेम्समा पनि नेपाल र जापान एउटै समूहमा थियो। समूहमा इराक र कुवेत पनि थिए। नेपालले तीन वटै खेलमा पराजय बेहोरेको थियो।

तपाईको प्रतिक्रिया