उपाधि दाबेदार फ्रान्सविरुद्ध उरुग्वेलाई गम्भिर धक्का


Share This


नेपालबहस संवाददाता    87 Views

काठमाडौँ, २२ असार । रुस विश्वकप फुटबलमा उरुग्वेलाई गम्भिर धक्का लाग्ने देखिएको छ । उसका मुख्य हतियार एडिसन काभानीको चोट गम्भिर देखिएको छ ।

यद्यपी आफ्नो मनोबल उच्च पार्न उरुग्वेले फ्रान्सविरुद्ध काभानी मैदान फर्किने दाबी गरेको छ । तर काभानीका सारथी लुइस स्वारेजले उनी मैदान फर्किने सम्भावना कम रहेको र यसको घाटा टिममा ठूलो पर्ने स्पष्ट भनिसकेका छन् ।

प्रि क्वाटरफाइनलमा रोनाल्डोको टिम पोर्चुगललाई दुई गोल हानेर घर फर्काउनुअघि काभानी खुट्टाको चोट बोकेर मैदानबाट बाहिरिएका थिए ।

उनी त्यसपछि प्रशिक्षण फर्किन पनि गाह्रो भइरहेको छ । तर टिमको मनोबलका लागि उनी देखिएपनि शतप्रतिशत मैदान देखिने पक्का पक्की छैन ।

यस्तो अवस्थामा जेम्स रोडिग्वेजकै अवस्थामा काभानी पुगेका छन र शुक्रबार राती पौने ८ बजे फ्रान्सविरुद्धको खेलमा काभानी मैदानमा नदेखिए आश्चर्य हुनेछैन ।

रोड्रिग्वेज नहुदा कोलम्बियाले बलियो टोली बेल्जियमलाई पेनाल्टीसम्म धकेलेको थियो । तर उसका मुख्य हतियार जेम्स घाइते हुँदा घर फर्किन बाध्य भएको थियो ।

अब त्यो पालो उरुग्वेको आएको छ या छैन ? शुक्रबार रातीसम्म कुर्नैपर्छ । फ्रान्स र उरुग्वेबीचको खेल नेपाली समयअनुसार शुक्रबार राती पौने ८ बजे शुरु हुनेछ ।

तपाईको प्रतिक्रिया