पोखराबाट राहिनोजको ट्यालेन्ट हन्टमा ७ खेलाडी, युथ एशिया कप अफगानिस्तानलाई


Share This


नेपालबहस संवाददाता    87 Views

 

४ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिगले हरेक टिममा एक जना खेलाडी ट्यालेन्ट हन्टबाट छानिएर आएको हुनुपर्ने बाध्यकारी नियम बनाएअनुसार अहिले टिमहरु धमाधम ट्यालेन्ट हन्टमा छन् ।

यसै अनुसार ईपीएल टोली पोखरा राहिनोजले पनि ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ ।

पोखरामा भएको ट्यालेन्ट हन्टमा १२० खेलाडीले फारम भरेका थिए । जसमध्ये एक ओभरको प्रतिस्पर्धा गराएर २४ जनालाई सर्टलिष्टमा राखिएको थियो ।

उनीहरुलाई २४ ओभरको खेल खेलाएर ७ जनाको नामावली सार्वजनिक गरेको छ । उनीहरुले पोखरा राहिनोजको टोलीसँगै रहेर प्रशिक्षण गर्नेछन् ।

छनोट हुन सफल सात खेलाडीहरुमा मेखबहादुर सेन, प्रकाश खनाल, बिज्ञान विष्ट, दीपक गुरुङ, कुशल मल्ल, सुमन घिमिरे र देव सेन छन् । उनीहरुमध्ये एक जनाले इपिएल खेल्न पाउनेछ ।

यसअघि ट्यालेन्ट हन्ट कार्यक्रमको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जीसीले गरेका थिए ।

नयाँ च्याम्पियन अफगानिस्तान
अफगानिस्तानले एसीसी यू(१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले पहिलो पटक एशिया कपको उपाधि जितेको हो ।

सेमिफाइनलमा नेपाललाई हराउँदै अफगानिस्तान पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको थियो ।

मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले विकेट किपर ब्याट्सम्यान इक्रम अली खिलको शतकीय योगदानपछि निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४८ रन बनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार