फारवेष्ट पशुपति कप फुटबल र एसिसी स्पोर्टस मिट सुरु


Share This


नेपालबहस संवाददाता    85 Views

२८ मंसिर, काठमाडौं । तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिता आजदेखि धनगढी शुरु भएको छ ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक फारवेष्टले मदरल्याण्ड युवा क्लब जोनापुर कैलालीलाई २–० गोलले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकामा दोस्रो हाफमा दुवै गोल गर्दै आयोजक फारवेष्ट दोस्रो चरणमा प्रवेश गरेको छ । फारवेष्टको जीतमा भूपेन्द्र बमले ५८ औँ र नरेन्द्र सिंहले ७५ औं मिनेटमा एक एक गोल गरेका थिए । प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि दुई खेल हुनेछन् ।

सोह्र टोलीको प्रतिष्पर्धा रहेको प्रतियोगितामा कैलाली, कञ्चनपुर र दाङ, विभागीय टोली तथा भारतको एक टोलीको पनि सहभागिता रहेको अयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले रु तीन लाख तथा उपविजेताले एक लाख ५० हजार र पाँच विधामा उत्कृष्ट हुने खेलाडीलाई रु १० १० हजार पुरस्कार प्रदान गरिनेछ ।

दोस्रो एसिसी स्पोर्टस मिट शुरु
निजी तथा आवासीय विद्यालय समन्वय समिति इटहरीको आयोजनामा आजदेखि दोस्र्रो एसिसी स्पोर्टस मिट सुरु भएको छ । प्रतियोगितामा इटहरी क्षेत्रका ५० निजी विद्यालयको सहभागिता छ । एक सातासम्म चल्ने सो स्पोर्टस मिटमा फूटबल, भलिबल, क्रिकेट, एथलेटिक्सलगायत खेल प्रतिष्पर्धामा समावेश गरिएका छन् ।

स्पोर्टस मिटको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गर्दै बालबालिकाबाट खेलको प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल हुन सक्ने भएकाले यस प्रकारका खेलको आयोजना हुन जरुरी रहेकामा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार