नेपालले विश्वकप छनोट खेल्ने पक्का, करण चम्किएपछि खेलको नतिजा उल्टियो


Share This


नेपालबहस संवाददाता    560 Views

२ फागुन, काठमाडौं । आज भएको खेलमा क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपालको जितमा करण केसी र सन्दिप लामिछाने नायक सावित भए ।

१९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए । अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए ।

लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए । अर्को बल बाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो ।
अब अन्तिम बलमा मात्र एन रन चाहियो, जुन करणले सहजै पुरा गरे र नेपालाई विश्वकप छनोटमा पुर्‍याए ।

३१ बलको सामना गरेका उनले ३ चौका र ४ छक्को मदतमा नटआउट ४२ रन बनाए ।

यस अघि आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गरेको थियो ।

नामिबियाको विन्डोहक मैदानमा अहिले भइरहेको खेलमा सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब थियो ।

नामिबियास्थित वान्डरर्स स्टेडियममा भर्खरै सम्पन्न खेलमा खराब सुरुवात गरे पनि आठौँ नम्बरमा क्रिजमा आएका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै नेपालले अन्तिम बलमा जित निकाल्न सफल बन्यो ।

करणले ४ छक्का र चार चौकाको मद्दतले अविजित ४२ रन जोडेपछि नेपालले अन्तिम बलमा लक्ष्य भेट्टाएको हो । त्यस्तै ज्ञानेन्द्र मल्लले नौ, दिलिप नाथले ४१, दिपेन्द्र ऐरले १८, सरिफ शेषले २६, रोहितकुमार पौडेलले २७ र सन्दिप लामिछानेले पाँच रन बनाएका थिए । जितसँगै समूह विजेता बन्दै नेपाल विश्वकप छनोट खेल्न पुग्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले नेपाललाई १९५ रनको चुनौती दिएको थियो । ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनायो ।

क्यानडाको लागि सुरुवाती व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे । १५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अजिजित १०३ रन जोडेका हुन् । यसअघि नामिबियाविरुद्ध पहिलो खेल खेल्दा विजेयरत्नेले आठ रन मात्र बनाएका थिए ।

त्यस्तै क्यानडाको अर्का व्याट्सम्यान हम्जा तारिकले २४ रन तथा सादविन जाफरले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ वसन्त रेग्मीले तीन विकेट लिए भने सन्दिप लामिछानेले २ तथा शरद भेषावकरले र करण केसीले एक एक विकेट लिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार