इन्सेकद्धारा अनसनरत डा.केसीको जीवन रक्षाको माग !


Share This


नेपालबहस संवाददाता    59 Views

सरकारको ध्यानाकर्षण

काठमाडौं । जुम्लामा १३ दिन देखि अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र ‘इन्सेक’ले सरकारको ध्यानाकर्षण गराएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्रले एक प्रेस विज्ञप्ति प्रकाशित गरी इन्सेकले डाक्टर केसीसँग वार्ता गर्न र वार्ताकै माध्यामबाट समस्याको समाधान खोज्नका लागि सरकार र आन्दोलनतरत पक्षको ध्यानाकर्षण गराएको हो ।

यसअघि १४ पटक आमरण अनसन बसिसकेका केसीको माग सम्बोधन गर्ने यसअघिका सम्झौता र सहमति पूरा नभएको केसी र उनका समर्थकहरुको आरोप छ ।

अनसनका कारण केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । डाक्टर केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति इन्सेकले चिन्ता व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार