माग पुरा नगरेको भन्दै डा. गोविन्द केसी फेरि अनशनमा


Share This


नेपालबहस संवाददाता    189 Views

९ साउन, काठमाडौं । डा। गोविन्द केसीले अनशन सुरु गरेका छन् । ११ बुँदे माग अघि सारेका केसीले माग पूरा नभएसम्म अनशन नतोड्ने प्रतिवद्धता व्यक्त गर्दै ११ औं अनशन थालेका हुन् ।

माथेमा प्रतिवेदनअनुसारको संसद्मा विचाराधीन अवस्थामा रहेको विधेयक तत्काल पारित हुुनुपर्ने, चिकित्सा शिक्षामा भएका अनियमितता रोकिनुपर्ने लगायतका माग रहेका छन् ।

आईओएममा तत्काल डिनको सिफारिस अनुसार सहायक डिन र क्याम्पस प्रमुखको नियुक्ति गरिनुपर्ने, आइओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषदबाट आइओएममा फिर्ता गरिनुपर्ने, चिकित्सा शिक्षा आयोग नबनुन्जेलसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था गर्नुपर्ने, एमडी, एमएस र एमडीएस तहको शुल्क यही शैक्षिक सत्रदेखि लागु हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी कलेजहरुका लागि २२ लाख कायम गरिनुपर्ने, आइओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यस्त बनाउने, आइओएमका अधिकार खोसेर लैजाने तथा नाजायज रुपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने लगायतका माग उनले अघि सारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार