गणतन्त्र दिवसमा प्रदेश पाँचमा सार्वजनिक बिदा दिने सरकारको घोषणा

बुटवल, जेठ १३ -एघारौं गणतन्त्र दिवसको अवसरमा प्रदेश नम्बर पाँच सरकारले जेठ १५ गते सार्वजनिक बिदा घोषणा गरेको छ।सार्वजनिक बिदा धेरै भएको भन्दै संघीय सरकारले गणतन्त्र दिवसको बिदा कटौती गरेको थियो। तर, पाँच नम्बर प्रदेश सरकारले भने नागरिकको त्याग र बलिदानीबाट गणतन्त्र स्थापना भएकोले यसलाई विशेष रूपमा मनाउन भन्दै बिदा दिने निर्णय गरेको हो।प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव प्रेम प्रसाद भट्टराईले मन्त्रिपरिषद् बैठकबाट पछि अनुमोदन हुने गरी मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका १२ वटै जिल्लामा बिदा दिने निर्णय गरेको जानकारी दिए । थप पढ्नुहोस्

जेठ ५ गतेदेखि तरुण दलको प्रशिक्षण

१८ वैशाख, काठमाडौं । नेपाल तरुण दलले जिल्ला र स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । चैत २५ देखि वैशाख १३ गतेसम्म सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको तरुण दलले आगामी जेठ ५ गतेदेखि ७७ वटै जिल्ला र स्थानीय तहमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ । तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले जेठ ५ गते सबै जिल्लामा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम, जेठ १२ गते सम्पूर्ण महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा प्रशिक्षण र चैत १९ मा सम्पूर्ण वडामा प्रशिक्षण दिन लागेको जानकारी दिए । थप पढ्नुहोस्

पूर्वमन्त्री चौधरीसहित १२ जनालाई निलम्बन गर्न सिफारिश

९ पुस, काठमाडौं । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्व जिल्ला सभापतिसमेत रहेका चौधरीसहित १२ जनालाई १५ वर्षका लागि पार्टीबाट निष्काशन गर्न सिफारिश गरेको जानकारी दिए । थप पढ्नुहोस्

समुदायको लगानीमा कच्ची सडक निर्माण

४ पुस, काठमाडौं । केही दिनअघि ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा जन्ती बोकेर पहिलो पटक पिकअप गाडी पुग्यो । गाडीको हर्न बजेको सुनेर सबै गाउँले दगुर्दै सडकमा भेला भए । गाडी रोकिएपछि कोहीले ढोग्न थाले त कोहीले एकआपसमा भलाकुसारी गर्न थाले । स्थानीय चन्द्रीमाया बुढाथोकीले पिकअपलाई ढोग्दै भनिन्, “अब नाम्लोमा नून र चामलका बोरा बोक्नुपर्ने दिन गए, हिँड्न पनि नपर्ने भयो ।” उक्त सडक निर्माण गर्न रु एक लाख बढीको लगानी गरेका स्थानीय प्रेमराज श्रेष्ठको भने खुसीको सीमा नै रहेन । थप पढ्नुहोस्

कांग्रेस पराजय पछिको भूमिका के हुने ?

मनोज कुमार कर्ण नेपाली कांग्रेसले ईतिहासमा पञ्चायतको कालो छायांमा भन्दा कहिल्यै यस्तो पराजय कोहीपनि सभापतिको कार्यकालमा नभोगेको ईतिहास छ जबकि वर्तमान सभापति नै सबै कुराको जिम्मेवार छैनन् । एकातिर अधिकार खोज्ने समूह मधेशी, आदिवासी, जनजाती, महिलाहरूले कांग्रेससमेतबाट उपेक्षित भएको महशुस गरेका छन् भने कांग्रेसको सहमतिविना कुनैपनि समूहको माग सम्बोधनपनि भएको छैन । थप पढ्नुहोस्

आइएमई जनरलको २३औं शाखा खिचापोखरीमा, केन्द्रीय कार्यालय विदाका दिनमा पनि खुल्ला रहने

३ पुस, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको २३औं शाखा खिचापोखरी, न्यूरोड, काठमाण्डौंमा मिति २०७४ मंसीर २९ गते देखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष श्री चिरञ्जिवी चापागांईले गरे । उक्त अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष श्री हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । थप पढ्नुहोस्

अनमोल अभिनित ‘कृ’को ट्रेलर रिलिज

पुस ३, काठमाडौं । चलचित्र ‘कृ’ को ट्रेलर रिलिज भएको छ । लभर र प्ले ब्वाइको रुपमा प्रस्तुत भैरहेका अनमोललाई कृ मा बिल्कुलै फरक लुक्स र एक्सन अवतारमा देख्न सकिने निर्माताले बताएका छन् । सुबास ईन्टरटेनमेन्ट र सुपर काजल फिल्म्सको प्रस्तुती रहेको फिल्म ‘कृ’को सार्बजनिक ट्रेलरमा अनमोलको एक्सन हावी देख्न सकिन्छ । बहु प्रतिक्षित बनेको अनमोल केसि स्टार फिल्मको ट्रेलर सार्बजनिक भएको ३ घण्टा नबित्दै १ लाख भन्दा बढी पटक हेरिएको थियो । थप पढ्नुहोस्

स्व. राजा महेन्द्रको श्रद्धाञ्जली सभा बीरगंजमा

३ पुस, काठमाडौं । स्व.राजा महेन्द्रको ९७ औ श्रद्धाञ्जली सभा गत पुस १ गते एक समारोहका बीच बीरगंजमा मनाइएको छ । बीरगंजको घण्टाघरमा राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले स्व.महेन्द्र शाहको तस्बिरमा माल्यार्पण गरेका थिए । माल्यार्पण गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहले २०१७ सालमा स्व.महेन्द्रले चालेको कदम जस्तै पुर्व राजा ज्ञानेन्द्र शाहले कदम नचालेसम्म देश र जनताले निकास पाउन नसक्ने बताए । थप पढ्नुहोस्

सिद्धार्थ बैंकको शाखा बनेपामा

३ पौष, काठमाडौं । सिद्घार्थ बैंकले हिजो आइतबार बनेपाको बनेपा बजारमा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ । बैंकले यस शाखा कार्यालय मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । बैंक संचालनमा आएपछि बैंकले प्रदान गर्ने उच्चस्तरिय तथा आधुनिकतम बैंकिङ सेवाबाट त्यस क्षेत्रका व्यापारी तथा सर्वसाधारण लाभान्वित हुने विश्वास व्यक्त गरेको छ । हालै सञ्चालनमा आएको नयाँ शाखा सहित बैंकले हाल देशभर रहेका ८१ शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०४ एटिएमः, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । थप पढ्नुहोस्

मत परिणामलाई लिएर काँग्रेस भित्र आरोप–प्रत्यारोप सुरु

३ पुस, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि कांग्रेस नेताहरूबीच परिणामका लागि को दोषी ? भन्ने विषयमा आरोप–प्रत्यारोप सुरु भएको छ । निर्वाचनअघि अप्रत्याशित परिणामको अपेक्षासम्म नगरेका नेताहरू परिणाम सार्वजनिक भएलगत्तै आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सिद्धान्तमा विजय भएर पनि निर्वाचनमा पराजित हुनुको कारण खोज्न नेतृत्वले आनाकानी गरेको भन्दै नेतृत्वले जवाफ दिनुपर्ने बताए । थप पढ्नुहोस्