५१ औं रक्तसञ्चार सेवा दिवस भव्यताका साथ सम्पन्न, साढे तीन लाख बिरामी लाभान्वित

१२ साउन,काठमाडौं । नेपाल रेडक्रस सोसाईटीले देशका ७२ जिल्लाका १०५ स्थानबाट सञ्चालित रक्तसञ्चार सेवामार्फत् आर्थिक वर्ष २०७३÷७४ मा देशभरिबाट दुई लाख ३६ हजार सात सय ९९ यूनिट रगत सङ्कलन गरी तीन लाख ३७ हजार तीन सय २१ विरामीलाई रगत तथा रक्ततत्व वितरण गरेको जनाएको छ । रेडक्रसका प्रवक्ता दिव्यराज पौडेलका अनुसार यस आ.ब.मा तीन हजार सात सय ५३ वटा घुम्ती रक्त सङ्कलन कार्यक्रमहरु सञ्चालन भएका छन् । नेपालमा रक्तसञ्चार स्थापना भएको ५१ औँ वर्ष पुगेको उपलक्ष्यमा हिजो काठमाडौँमा आयोजित वार्षिकोत्षव कार्यक्रममा यो जानकारी दिइएको हो । थप पढ्नुहोस्

ब्याडमिन्टन एसिया जुनियरमा जितसँगै नेपाली खेलाडी दोस्रो चरण प्रवेश

११ साउन, काठमाडौं । इण्डोनेसियामा जारी पेम्वाङगुनाल जया राया ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसीपमा नेपाली खेलाडी दोस्रो चरणमा प्रवेश गरेका छन् । एसियाली ब्याडमिन्टन संघको आयोजनामा भएको सो च्याम्पियनसीपमा नेपालका प्रफूल महर्जन र रुकेश महर्जन दोस्रो चरणमा प्रवेश गरेका हुन् । कम्बोडियाका डिना साओमलाई २१–११ र २१–८ अङ्कले पराजित गर्दै प्रफूलले दोस्रो चरणमा प्रवेश गरेका हुन् । उनले अब इण्डोनेसियाका फतुरामान फौजीसँग प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका सचिव नवीन विक्रम शाहले जानकारी दिए । थप पढ्नुहोस्

घुमुवा प्रहरीको आतंक, नुनदेखि सुनसम्मको तस्करीमा सशस्त्र र नेपाल प्रहरीको साथ

९ साउन, सप्तरी । एक समय थियो, सप्तरीमा सशस्त्र जनतान्त्रिक समुह र माओवादी सशस्त्र द्धन्द्धका बेला स्थानीय व्यवसायीहरु त्राहीमाम् थिए । त्यो परिवेश अहिले परिर्वतन भएपनि यहाँका व्यवसायीलाई कहिले मधेशी आन्दोलनले त कहिले सरकारी श्वेत आतंकले सताउन छाडेको छैन् । कुनैपनि व्यवसाय संचालनका लागि स्थायी शाीन्त र उचित लगानी मैत्री वातावरणको खांचो हुन्छ । त्यसो भएमात्र व्यवसाय निर्धक्कसंग अघि बढ्छ । तर व्यापारको लागि उचित वातावरण नहँुदा गरिखाने लगानीकर्ता अथवा सच्चा व्यापारी विस्थापित हुनुपर्ने अवस्था पनि छ भने तस्करहरुको मालामाल हुन थालेको छ । थप पढ्नुहोस्

भानुको जन्मजयन्तीमा कबिता र प्रभातफेरीे

असार २९, काठमाडौं । लक्ष्मी साहित्य समाज पर्साले आदिकवी भानुभक्त आचार्यको २०४ औं जन्मजयन्ती मनाएको छ । बीरगंजको घण्टाघर चोकबाट निकालीएको झाँकी सहितको प्रभात फेरी नगरको बिभिन्न भागको परिक्रमा गर्दै स्थानीय होटल मकालुमा पुगी सम्पन्न भएको थियो । कबिता बाचनका प्रमुख अतिथी साहित्यकार एल.बी. क्षेत्रीले दिप प्रजवलन गर्दै भानुभक्तको फोटोमा माल्यार्पण गरि कार्यक्रमको शुभारम्भ गरेका थिए । उक्त अवसरमा प्रमुख अतिथी क्षेत्रीले आज पुनः पुरानो नेपाल फर्किएको महशुस भएको उल्लेख गरे । थप पढ्नुहोस्

नवलपरासीमा ६ सामुदायिक नमूना विद्यालय

२७ असार, काठमाडौं । नवलपरासी जिल्लाका छवटा सामुदायिक विद्यालय नमूना विद्यालयका रूपमा छनोट भएका छन् । जिल्ला शिक्षा कार्यालयबाट भएको प्रारम्भिक मूल्याँकन तथा शिक्षा विभागले गरेको अवलोकन र मूल्याँकनका आधारमा आवश्यक मापदण्ड पूरा गरेका जिल्लाका छवटा विद्यालय छनोट भएका हुन् । नमूना विद्यालय घोषित हुनेहरुमा नेपाल मावि दिव्यपुरी देवचुली, शिव मावि कावासोती, नवजागरण मावि चोरमारा मध्यबिन्दु, महाकवि देवकोटा मावि सुनवल, राजा महात्मा पूर्णभद्र मावि पञ्चनगर बर्दघाट र त्रिभुवन मावि बेलाटारी प्रतापपुर रहेका छन् । थप पढ्नुहोस्

गणितसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थी छनोट

२५ असार, काठमाडौं । अन्तर्राष्ट्रिय गणित प्रतियोगितामा प्रतिस्पर्धीका रुपमा नेपालका छ विद्यार्थी पहिलोपटक छनोट भएका छन् । विश्वका १२५ मुलुकका २० वर्ष उमेर नपुगेका विश्वविद्यालयभन्दा तल्लो तहका गणितका विद्यार्थीले भाग लिने सो प्रतियोगितामा नेपालको राष्ट्रिय प्रतियोगिताबाट ती विद्यार्थी छानिएका हुन् । छनोट हुनेमा सेन्ट जेभियर्सका विवेक पन्थी (अर्घाखाँची) र विवेक पन्थी (गुल्मी), काठमाडु मोडेल कलेजका प्रवीण महतो (सिरहा) र प्रशन्न श्रेष्ठ (काठमाडौँ), सौर्य इन्टरनेसनल कलेजका अजय पोखरेल (काठमाडौँ) तथा रातो बङ्गलाका अवनिश खनाल (काठमाडौँ) रहेका छन् । थप पढ्नुहोस्

मौद्रिक नीति – लगानीमैत्री नीति नभएको निजी क्षेत्रको गुनासो , आर्थिक वृद्धिदर हासिल हुन नसक्ने बैंकरहरुको दुखेसो

२५ असार,काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको मौद्रिक नीतिमा सरोकारवाला सङ्घसंस्थाले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । नेपाल बैंकर्स सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत सङ्घसंस्था तथा तिनका प्रतिनिधि र बैंक तथा वित्तीय संस्थाका प्रमुखले सो नीतिका प्रावधानप्रति मिश्रित प्रतिक्रिया व्यक्त गरेका हुन् । थप पढ्नुहोस्

मौद्रिक नीतिमा जलविद्युत्, कृषि र पर्यटनलाई विशेष प्राथमिकता

२५ असार,काठमाडौं । जलविद्युत् कृषि, पर्यटन, निर्यातजन्य उद्योग, औषधि उत्पादन, सिमेन्ट र गार्र्मेन्ट क्षेत्रलाई मौद्रिक नीतिले पनि विशेष प्राथमिकताको क्षेत्रमा राखेको छ । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रुपमा रहेका ती क्षेत्रलाई आज सार्वजनिक गरिएको नीतिले प्राथमिकता प्राप्त क्षेत्रका रुपमा परिभाषित गर्दै वित्तीय संस्थाले लगानीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ । थप पढ्नुहोस्

रिलायबल डेभलपमेन्ट बैंक ग्लोबल आइएमईमा विलय हुँदै

९ असार, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारण सभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्बन्धि विषेश प्रस्ताव पारित गरेको छ । काठमाडौंमा गरेको विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकको चुँक्ता पूँजी १ अर्ब १ करोड ४ लाख रहेको छ । सोही क्रममा सभाले रिलायबल डेभलपमेन्ट बैंक लि. को १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंक लि. को ८२.९० कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपात कायम गर्नेसहितको विषेश प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । थप पढ्नुहोस्