समुदायको लगानीमा कच्ची सडक निर्माण

४ पुस, काठमाडौं । केही दिनअघि ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा जन्ती बोकेर पहिलो पटक पिकअप गाडी पुग्यो । गाडीको हर्न बजेको सुनेर सबै गाउँले दगुर्दै सडकमा भेला भए । गाडी रोकिएपछि कोहीले ढोग्न थाले त कोहीले एकआपसमा भलाकुसारी गर्न थाले । स्थानीय चन्द्रीमाया बुढाथोकीले पिकअपलाई ढोग्दै भनिन्, “अब नाम्लोमा नून र चामलका बोरा बोक्नुपर्ने दिन गए, हिँड्न पनि नपर्ने भयो ।” उक्त सडक निर्माण गर्न रु एक लाख बढीको लगानी गरेका स्थानीय प्रेमराज श्रेष्ठको भने खुसीको सीमा नै रहेन । थप पढ्नुहोस्

सगरमाथाको उचाइ मापन गर्न सबै तयारी पूरा

२९ मंसिर, काठमाडौं । सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन शुरु गर्ने अन्तिम तयारी सकिएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहप्रवक्ता पुण्यविक्रम पौडेलले मापनका लागि सरकारले रु दुई करोड विनियोजन गरिसकेको र आवश्यक थप रकमका लागि अर्थ मन्त्रालयले सुनिश्चितता गरिसकेको जानकारी दिए । थप पढ्नुहोस्

राष्ट्रियसभा निर्वाचनका विषयमा काँग्रेस र एमालेबीच विवाद

२९ मंसिर, काठमाडौं । एमाले र कांग्रेसको विवाद चर्किंदै जाँदा राष्ट्रियसभा गठनमा ढिलाइ हुने भएको छ । राष्ट्रियसभा निर्वाचन प्रणालीबारे नेपाली कांग्रेस र एमालेबीच विवाद बढ्दै गएको छ । दुई दलबीच राष्ट्रियसभामा आफ्नो पार्टीको प्रतिनिधित्व कसरी बढी गराउने भन्नेमा मतभेद देखिएको हो । यस्तै निर्वाचनपछि दुई दलबीच तिक्ततासमेत बढ्ने देखिएको छ । एमाले राष्ट्रियसभाको चुनाव नयाँ सरकारले गराउनुपर्ने पक्षमा छ । कांग्रेस भने राष्ट्रियसभा चुनावपछि मात्रै नयाँ सरकार गठन गर्ने अडानमा छ । थप पढ्नुहोस्

धनुषा ३ बाट निधिलाई पछि पार्दै महतोले मारे बाजी

२४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं ३ बाट राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनीे ३० हजार ७५० मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका विमलेन्द्र निधिले २७ हजार ८४७ मत प्राप्त गरेका छन् । यसैगरी प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं २ (क) मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार शैलेन्द्रकुमार यादव विजयी भएका छन् । उनी १६ हजार ५२१ मत प्राप्त गरी विजयी भए । थप पढ्नुहोस्

सिटिजन्स बैंकको अत्याधुनिक वेवसाइट सार्वजनिक

१९ मंसिर, काठमाडौं । नेपालको बैंकिङ्ग क्षेत्रमा फरक पहिचान बनाउन सफल रहेको सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो अत्याधुनिक website सार्वजनिक गरेको छ । यस websiteलाई www.ctznbank.comमा हेर्न सकिने छ । यस websiteलाई Dynamic version मा स्तर बृद्वि गरिएको छ र अव उपरान्त यस लाई कुनै पनि स्मार्ट फोन बाट सजिलै प्रयोग गर्न सकिने छ । यस website मा घरबाट नै खाता खोल्न मिल्ने , कर्जाको लागी आवेदन दिन मिल्ने तथा अरु अत्याधुनिक सुविधाहरु उपलब्ध छ । Online ASBA, Demat, KYC, Mero Share, Smart Banking जस्ता आकर्षणहरु रहेको योे website अत्यन्तै ग्राहक मुखी रहेको छ । थप पढ्नुहोस्

सशस्त्र प्रहरी बलका गोताखोरको निःशुल्क बीमा हुने

१९ मंसिर, काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले जोखिमपूर्ण काम गर्ने सशस्त्र प्रहरी बलका गोताखोरलाई रु दुई लाख बराबरको बीमा गर्ने भएको छ । कम्पनीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विपद् व्यवस्थापनमा निरन्तर खटिने गोताखोरको निःशुल्क बीमा गर्न लागिएको जानकारी दिएको हो । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन गणले सडक दुर्घटना, बाढीपहिरो तथा अन्य विपद् व्यवस्थापनमा सक्रिय योगदान गर्दै आएको छ । थप पढ्नुहोस्

निर्वाचन व्यवस्थापनका सबै सामग्री केन्द्रमा पुग्यो : आयोग

१९ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि व्यवस्थापनका सबै सामग्री मतदान केन्द्रमा पुगेको निर्वाचन आयोगले जनाएको छ । मंसिर २१ गते ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा हुने मतदानका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । “निर्वाचन सम्पन्न गराउन आवश्यक ६७ प्रकारका सामग्री सम्बन्धित केन्द्रमा पुगेको छ, दोस्रो चरणको निर्वाचनका लागि एक लाख ५५ हजार कर्मचारी खटिएका छन्, सबै कर्मचारी केन्द्रमा पुगी आजैदेखि परिचयपत्र वितरण पनि शुरु भएको छ”– उनले भने । थप पढ्नुहोस्

निर्वाचन विरोधी गतिविधिमा संलग्न ४० जना पक्राउ, कपिलवस्तुमा बम विष्फोट

१९ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले आजसम्म निर्वाचन विरोधी गतिविधिमा संलग्न ४० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले ४९ अतिसंवेदनशील, ५० संवेदनशील र ५१ मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रका रुपमा वर्गीकरण गरी सोहीअनुरुप सुरक्षाकर्मी परिचालन गरेको प्रवक्ता खत्रीले बताए । थप पढ्नुहोस्

नेता लेखक र भट्टको चुनाव क्षेत्रमा बम विष्फोट

१९ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका नेता एवं कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार रमेश लेखकको भीमदत्त नगरपालिका भाँसीस्थित घर नजिकै गएराति बम विष्फोटन भएको छ । बम विष्फोटबाट घरमा कुनै प्रकारको क्षति नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । बम बिष्फोटन गर्ने कार्यमा संलग्नहरुको खोजी कार्य शुरु गरिएको उनले बताए । नेपाली काँग्रेसका पूर्व कञ्चनपुर जिल्ला कार्यसमिति सचिव भोजराज बोहराले नेता लेखकको घर नजिकै बम बिष्फोटनको घटनाको भत्र्सना गरेका छन् । थप पढ्नुहोस्

अभियानकै रुपमा शुरु गर्यो कामपाले विकासको काम

१९ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा विकासको कामले गति लिएको छ । जनप्रतिनिधि आएपछिको मुख्य प्राथमिकतामा परेको ‘क्लिन द सिटी’ (सफा शहर) अभियान अहिले तीव्ररुपमा अघि बढेको छ भने अन्य विकास निर्माणको काम पनि भइरहेको छ । करिब एक हप्तादेखि बिहानको समयमा ब्रुमर (धुलो सोस्ने) को माध्यमबाट सडकको थुलो उठाएको कामपाले बेलुकीको समयमा भने जेट मेसिनबाट सडक पानीले पखालेर शहर सफा राख्ने कामलाई निरन्तर अघि बढाएको छ । स्थानीय सरकारले यसरी काम गरिरहँदा केन्द्र सरकारले सहयोग नगरेको आरोप पनि स्थानीय सरकारले केन्द्र सरकारलाई लगाएको छ । थप पढ्नुहोस्