पेनाल्टीमा फुट्यो स्पेनको भाग्य, विश्वकपमा इतिहास रच्यो रुसले !


Share This


नेपालबहस संवाददाता    61 Views

काठमाडौं, १७ असार । गोलकिपर इगर एकिनफिवले स्पेनका दुई जनाको पेनाल्टी रोकेपछि रुसले घरेलु मैदानको विश्वकपमा इतिहास रचेको छ । विश्वकै बलियो टिम स्पेनले एउटा पनि गोल गर्न सकेन भने पाएका कैयौँ अवसर समेत खेर फालेको थियो ।

रुसको गल्तीले आत्मघाती गोल गरेपनि पेनाल्टीमा गोल गर्दै आयोजकले घरलु दर्शकमाझ इतिहास रच्ने आश बाँकी राखेको थियो । त्यसपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि रुसले पेनाल्टीमा भाग्यो चम्कायो ।

उसका गोलकिपर इगरले हात र खुट्टाले दुई पेनाल्टी रोकेपछि रुस विश्वकप दाबेदार स्पेनलाई हराउँदै पहिलो पटक क्वाटरफाइनल पुगेको हो ।

रुसका सेर्गी इगन्सचेविकले आत्मघाती गोल गर्दा आर्तेन डेजुबाले पेनाल्टीमा स्पेनविरुद्धको खेल बराबरीमा पुर्याए । त्यसपछि भने रुसका गोलकिपर इगरले उत्कृष्ट प्रदर्शन गरे ।

उनले निर्धारित ९० र थपिएको ३० मिनेटमा पनि स्पेनका विश्वप्रसिद्ध खेलाडीलाई रोक्न सफल भए । उनकै प्रदर्शनले रुस पहिलो पटक अन्तिम १६ र क्वाटरफाइन पुग्न सफल भएको हो ।

 

तपाईको प्रतिक्रिया