क्रोएसिया र डेनमार्कबीचको खेल अतिरिक्त समयमा धकेलियो


Share This


नेपालबहस संवाददाता    60 Views

काठमाडौँ, १८ असार । निर्धारित ९० मिनेटमा एक एक गोलको बराबरी भएपछि क्रोएसिया र डेनमार्कबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ ।

शुरुको चार मिनेटमा दुबै टोलीबाट एक एक गोल भएपनि त्यसपछि भने कुनै गोल हुन सकेन । र थपिएको चार मिनेटमा पनि निर्णायक गोल हुन नसकेपछि अहिले अतिरिक्त ३० मिनेटको खेल चलिरहेको छ ।

यसअघि आइतबार राती नै भएको पहिलो खेलमा स्पेन र रुसबीचको खेल अतिरिक्त समयमा धकेलिएको थियो । जुन खेलमा रुस स्पेनलाई चार तीनले हराउँदै विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ ।

तपाईको प्रतिक्रिया