चार मिनेटमा जापानको दुई गोल, घर फर्किने अवस्थामा बेल्जियम !


Share This


नेपालबहस संवाददाता    67 Views

काठमाडौँ, १८ असार । अन्तिम १६ का शुरुका खेलजस्तै बेल्जियमविरुद्ध जापानले सनसनी प्रदर्शन गरेको छ ।

पहिलो हाफमा बहादुरीका साथ बेल्जियमलाई रोकेको जापानले दोश्रो हाफको शुरुमै दुई गोल गरेको छ । ४८ मिनेटमा पहिलो गोल गरेको उसले त्यसको ४ मिनेटपछि दोश्रो गोल गरेको हो ।

दोश्रो हाफको तेश्रो मिनेटमा गेन्की हारागुचीले गोल गर्दा ५२ मिनेटमा टाकासी इनुयीले जापानको अग्रता दोब्बर पारेका हुन ।

जापानले दुई गोल गरेपछि बेल्जियम भने जर्मनी, पोर्चुगल, अर्जेन्टिना, स्पेन जस्तै घर फर्किने अवस्थामा पुगेको छ ।

तपाईको प्रतिक्रिया