पूर्व राजा ज्ञानेन्द्र जन्मोत्सव मनाउन आज नेपालगंज जादै


Share This


नेपालबहस संवाददाता    38 Views

काठमाडौं । बाँके । पूर्व राजा ज्ञानेन्द्र शाह निजी भ्रमणमा बुधबार आज नेपालगन्ज जाने भएका छन् । आज बेलुका श्रीएयरको विमानबाट पौने ५ बजे नेपालगन्ज जान लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका उपाध्यक्ष ऋषि देवकोटाले बताए।

शाहको नेपालगन्ज विमानस्थलबाट सोझै भुजईगाउँस्थित सोल्टी होटलमा जाने कार्यक्रम रहेको उनले बताए । भ्रमणका क्रममा राजाले धार्मिक स्थलका साथै जनतासँग वर्तमान अवस्थाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

पूर्व राजा शाहको जन्मोत्सवलाई भव्य बनाउन नेपालगन्जमा २१ सदस्यीय शुभजन्मोत्सव नागरिक मूल समारोह समिति समेत गठन गरिएको छ ।

शाहले यसपटक असार २३ गते आफनो जन्मदिन नेपालगन्जमै मनाउने कार्यक्रम रहेको छ । पूर्व राजाको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल९राप्रपा० र राजा निकट ब्यक्तिहरुले छुटाछुटै तयारी गरिरहेका छन् ।

नेपालगन्जस्थित राँझा विमानस्थलमा राजा निकटसँगै राप्रपा नेपालका महामन्त्री डा। धवल शमसेर राणाले पुर्व राजालाई स्वागत गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया