नारायणगढ-मुग्लिन सडक, १२ घण्टापछि दुईतर्फी यातायात सुचारु


Share This


नेपालबहस संवाददाता    36 Views

चितवन । बुधबार बिहान टोपे खोलामा ठूलो पहिरो जाँदा अवरुद्ध भएको नारायणगढ(मुग्लिन सडक १२ घण्टापछि सुचारु भएको छ ।

टोपे खोलामा बिहान पाँच बजे र त्यसपछि कालीखोलामा पनि पहिरो जाँदा राजधानी काठमाडौं र पोखरा जाने(आउने गाडी तथा हजारौं यात्रु लगभग १२ घण्टासम्म बाटोमा नै अलपत्र परेका थिए ।

दिउँसो केहीबेर एकतर्फी बाटो खुलाएर पहिरोग्रस्त क्षेत्रमा रोकिएका गाडीहरु सुरक्षित ठाउँतर्फ पठाए पनि दुईतर्फी यातायात पौने पाँच बजेपछि मात्रै खुलेको नारायणगढ(मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।

नारायणगढ(मुग्लिन सडकलाई फराकिलो बनाउन पहाड काटेको ठाउँमा पहिरो गएर घण्टौं गाडी बन्द हुने गरेको छ । काठमाडौंलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने यो फराकिलो मार्ग हो । यो बाटो हुँदै १० हजारको हाराहारीमा गाडी गुड्ने गरेको ट्राफिक प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया