बंगलादेशले बनायो आफ्नो टेस्ट क्रिकेटमा अहिलेसम्मकै खराब रेकर्ड !


Share This


नेपालबहस संवाददाता    24 Views

काठमाडौँ, २१ असार । दक्षिण एसियाली क्रिकेटमा टाइगर उपमा पाएको बंगलादेशले टेस्ट क्रिकेटमा अहिलेसम्मकै खराब प्रदर्शन गरेको छ ।

वेष्ट इण्डिजसँगको पहिलो टेस्ट क्रिकेटमा ४३ रनमै अलआउट भएर बंगलादेशले आफ्नो टेस्ट क्रिकेटको सबैभन्दा खराब रेकर्ड राखेको हो । उसको यो टेस्ट क्रिकेटमा ११ औँ कम स्कोर हो ।

एसियामा भारतपछि बंगलादेश सबैभन्दा कम स्कोरमा अलआउट हुने दोश्रो टिम बनेको छ भने विश्वकै ११ औँ टिम । भारत यसअघि इंग्ल्याण्डसँग सन् १९७४ मा ४२ रनमा अलआउट भएको थियो ।

इंग्ल्याण्डसँगै सबैभन्दा कम स्कोरमा अलआउट हुने पहिलो देश हो न्युजिल्याण्ड । उसले इंग्ल्याण्डसँग सन् १९९५ मा सबैभन्दा कम २६ रन मात्रै बनाएको थियो ।

त्यसपछि यो रेकर्ड कसैले तोड्न सकेको छैन् । बुधबार राती सर भिभिएन रिचार्डसन मैदानमा टस हारेर पहिले व्याटिंग गरेको बंगलादेश निकै निरिह देखियो ।

उसका लागि लिटोन दासले २५ रन बनाउनु बाहेक १० जना व्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । चार जना व्याट्सम्यान त शुन्य रनमै आउट भए ।

एसियाली टाइगरको व्याटिंग ध्वस्त पार्न काज रोचले ५ ओभरमा ८ रन मात्रै दिएर ५ विकेट लिए भने कुमिन्सले ३ विकेट हात पारे ।

बंगलादेशलाई उसकै ऐतिहासिक कम योगफलमा समेटेको वेष्ट इण्डिजले पहिलो पालीमा राम्रो शुरुवात गरेको छ । उसले शुरुको १ सय रन जोड्दा कुनै विकेट गुमाएको छैन् ।

अमेरिकापछि वेष्ट इण्डिज पुगेको बंगलादेशले टेस्ट, एकदिवसी र ट्वेन्टी ट्वेन्टी क्रिकेट खेल्नेछ ।

तपाईको प्रतिक्रिया