निषेधित क्षेत्रविरुद्ध सर्वोच्चमा मुद्दा दायर, शुक्रबार सुनुवाइ हुने


Share This


नेपालबहस संवाददाता    37 Views

काठमाडौं । सर्वोच्च अदालतमा सरकारले घोषणा गरेको निषेधित क्षेत्र खारेजीको माग गर्दै मुद्दा दायर भएको छ।

बिहीबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले माइतीघर मण्डला लगायतका ठाउँमा प्रदर्शन गर्न नपाइने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। उनको मुद्दामा शुक्रबार सुनवाई हुने भएको छ।

गृह प्रशासन सुधार योजना अन्तर्गत काठमाडौं जिल्ला प्रशासनले कार्यालयले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्दै ७ स्थानलाई प्रदर्शनस्थल तोकेको छ।

गृहको निर्देशनअनुसार ७७ वटै जिल्लामा स्थानीय प्रशासनले निश्चित प्रदर्शन स्थल तोकेको छ।

तपाईको प्रतिक्रिया