राष्ट्रियगानले कर्मचारी समयमा उपस्थित विवेकशिल साझा पार्टीमा !


Share This


नेपालबहस संवाददाता    82 Views

कुसुम विश्वकर्मा

काठमाडौं । विवेकशिल साझा पार्टीको कार्यालय समय हरेक दिन राष्ट्रिय गान गाएर अथवा सुनेर शुरु हुने गरेको छ । कर्मचारीलाई सधैभरी समयमै कार्यालयमा आउनुपर्छ भन्ने बानीको विकास गर्न विवेकशिल साझा पार्टीले हरेक दिन बिहान १० बजे कार्यालय समयमा राष्ट्रिय गान बजाउने गरेको छ ।

विवेकशील नेपाली दल र साझा पार्टीबीच गत श्रावण ११ गते एकीकरण भइ विवेकशील साझा पार्टी भएको विवेकशिल साझा पार्टीको केन्द्रिय कार्यालय ललितपुरको बखनडोलमा रहेको छ ।

यहाँ राष्ट्रिय गान गाएर कार्यालय समय शुरू हुने रहेछ १ सेवाग्राही पनि गान सुनेपछि मात्र सेवा लिन आउने १ साह्रै गज्जब लाग्यो दैनिक जसो यस बाटोमा हिड्डुल गर्ने एक स्थानिय बताए । नेपालका धेरै जसो बिद्यालय बाहेक राष्ट्रिय गान गाउने र सेवा शुरु गर्ने यो नै पहिलो पार्टी कार्यालय भएको हुनुपर्छ उनले भने ।

नेपालबहस डटकमले विवेकशिल साझा पार्टी सँग कुराकानी गर्दा सो पार्टीका सचिवालय प्रमुख तथा केन्द्रिय सदस्य मानवी पौडेलले राष्ट्रियगानको संरक्षण गर्न र कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित हुने बानीको विकास गर्न राष्ट्रियगान बजाउने गरेको बताइन् ।

विवेकशिल पार्टीले झै सबै कार्यालयमा राष्ट्रिय गान बजाएर हरेक दिन सेवा सुरु गरे सबै कार्यालयमा कर्मचारी समयमै आउने बानीको विकास हुने बखनडोलका स्थानीय व्यापारी कुसल रेग्मी बताउछन् ।

सुन्दा साह्रै गज्जव लाग्न सक्छ, यस्तै राष्ट्रिय गान बजाएर र सुनेर कार्यालयको सेवा शुरु गर्ने सुदुरपश्चिमको बाजुरामा रहेको गौमुल गाउँपालिका पनि एक रहेको छ । त्यहाँ हरेक दिन विवेकशिल साझा पार्टीको जस्तै बिहान १० बजे राष्ट्रिय गान बजाएर नै सेवा सुरु गर्दै आएको छ ।

तस्बीर : नेपालबहस डटकमका सहकर्मि कमला हमाल

तपाईको प्रतिक्रिया