असार २९ गतेसम्म मण्डलामा निषेधाज्ञा लागू नगरः सर्वोच्च


Share This


नेपालबहस संवाददाता    3 Views

काठमाडौं । माइतीघर मण्डलामा सभा, जुलुस तथा विरोध प्रदर्शन गर्न सरकारले लगाएको निषेधाज्ञा तत्काल कार्यान्वन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलाशले शुक्रबार दिउँसो उक्त आदेश दिएको हो । असार २९ गतेसम्मका लागि निषेधाज्ञाको आदेश कार्यान्वयन नगर्न खतिवडाको इजलाशले भनेको छ ।

२९ गते दुवै पक्षलाई छलफलका लागि झिकाएइको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण रुपमा भेला हुन पाउने मौलिक हक हनन भएको भन्दै हिजो बिहीबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।

तपाईको प्रतिक्रिया