विश्वकप फुटबलको सेमीफाइनल समीकरण पुरा ! कसले जित्ला यो ट्रफी ?


Share This


नेपालबहस संवाददाता    58 Views

काठमाडौँ, २४ असार । रुस विश्वकपको सेमीफाइनल समीकरण पुरा भएको छ । शनिबार राती अन्तिम खेलमा आयोजक रसियालाई हराउदै क्रोएसिया सेमिफाइनल पुगेसँगै समीकरण पुरा भएको हो ।

सेमिफाइनलका खेल मंगलबारदेखि शुरु हुनेछन् । पहिलो सेमीफाइनलमा उपाधि दाबेदार फ्रान्स र बेल्जियम खेल्नेछन् । फ्रान्सले उरुग्वे र बेल्जियमले ब्राजिललाई हराएर सेमीफाइनल पुगेका हुन् ।

यी दुईबीचको खेल फाइनल सरह हुनेछ । यस्तै दोश्रो सेमीफाइनलमा इंग्ल्याण्ड र क्रोएसिया खेल्नेछन । यो खेल बुधबार हुनेछ ।

यी दुई टोलीबीच पनि कडा प्रतिष्पर्धा हुने अनुमान छ । तर तुलनात्मक रुपमा फ्रान्स र इंग्ल्याण्डलाई फाइनलमा उपाधिको दाबेदार मानिएको छ ।

फाइनल खेल भने असार ३१ गते हुनेछ ।

तपाईको प्रतिक्रिया