फ्रान्स भर्सेज क्रोएसिया : कसले जित्ला रुस विश्वकपको उपाधि ?


Share This


नेपालबहस संवाददाता    61 Views

काठमाडौँ, २८ असार । विश्व फुटबलका पण्डितले सायदै सोचेका थिए की ठुला टिम बाहिरिएर फ्रान्ससँग उपाधि भिडन्त गर्न क्रोएसिया आइपुग्ला भनेर । तर कमैले सोचेको फ्रान्स फाइनलमा पुग्दा क्रोएसियाले आफ्नो इतिहास रचेको छ, इंग्ल्याण्डलाई हराउदै फ्रान्ससँगै फाइनल भेट पक्का गरेर ।

तर यी दुबै टिमबीच एउटा समानता छ, उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई हराउने । समूह चरणको दोश्रो खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३ – १ गोल अन्तरले हरएको थियो । तर अन्तिम खेलमा मोरक्कोलाई हराएर मुश्किलले समुह चरण पार गरेको अर्जेन्टिनालाई फ्रान्सले ४ – ३ गोल अन्तरले हराउँदै घर पठाई दियो ।

दुबै टोलीले समान २ गोल अन्तरले नै अर्जेन्टिनालाई हराएका थिए । अब प्रश्न उठ्छ, फाइनल कसले जित्ला ?

क्रोएसियाभन्दा फ्रान्स बलियो

इतिहासलाई छाडेर अहिले विश्वकप खेलिरहेका दुई टिमका ११ जनाको क्षमतालाई हेर्ने हो भने क्रोएसियाभन्दा फ्रान्स बलियो छ ।

फ्रान्सको डिफेन्स, मिडफिल्ड र फरवार्ड लाइन निकै उत्कृष्ट छ । यही बलियो लाइनका कारण फ्रान्स क्वाटरफाइनलमा उरुग्वे, सेमीफाइनलमा बेल्जियमजस्ता बलिया टोलीलाई घर पठाउँदै फाइनल पुगेको हो ।

फ्रान्सको तुलनामा कमजोर प्रतिद्धन्द्धी पाएको क्रोएसियाले क्वाटरफाइनलनमा आयोजक रसिया र सेमीफाइनलमा इंग्ल्याण्डलाई हराएर उपाधि नजिक पुगेको छ ।

फाइनल क्रोएसियाले जित्न सक्छ

फ्रान्स सबै पक्ष र स्टार खेलाडीका कारण बलियो मानिएको छ । तर क्रोएसियाको मिडफिल्ड सम्हालेर पुरै खेल नियन्त्रणमा राख्ने दुई जना यस्ता खेलाडी छन्, जसलाई कमजोर मान्नु फ्रान्सको हालत दुई बर्षअघिको युराकपको जस्तै बन्न सक्छ ।

सबैलाई थाहा छ, ती दुई खेलाडी हुन स्पेनिस जायन्ट रियलका प्लेमेकर लुका मोडिक र बार्सिलोनाका प्लेमेकर इभान राकिटिक ।

यी दुई जना खेलाडीको बलमा क्रोएसियाले रुस विश्वकपको फाइनल यात्रा तय गरेको हो । उनीहरु मिडफिल्डमा बसेर खेल्छन । तर डिफेन्समा रहेर विपक्षीलाई गोल हान्न दिदैनन् भने मौका पाएमा गोल गरेर टिमलाई जित दिलाउन सक्छन् ।

उनीहरुले यही प्रदर्शन फाइनलमा देखाएर रुसबाट विश्वकप उपाधि क्रोएसिया लिए अचम्म नमाने हुन्छ । किनकी फ्रान्स अब्बल टिम भएर पनि दुई बर्षअघि आफ्नै घरेलु मैदानमा रोनाल्डोबिनाको पोर्चुगललाई १ शुन्यले युरोकप सुम्पिएको थियो ।

तर नयाँ सुपरस्टार एम्बाप्पे, पोग्बा जस्ता मिडफिल्डर तथा उम्टिटी र भराने जस्ता डिफेन्डरका कारण धेरैले फ्रान्सलाई नै रुस विश्वकपमा फाइनलको उपाधि दाबेदार मानेका छन् ।

तपाईको प्रतिक्रिया