देउवा सरकारमा नियुक्ती पाएकालाई हटाउने निर्णयमा ओली फेल !


Share This


नेपालबहस संवाददाता    41 Views

सर्वोच्च अदालतले धमाधम ओली सरकारको निर्णय उल्टायो

काठमाडौं । सर्वोच्च अदालतले धमाधम शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा नियुक्त पाएकाहरुलाई हटाउने प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निर्णय उल्टाएको छ ।

शुक्रबार सर्वोच्चले राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल सुवास र गोरखापत्र संस्थानका महाप्रवन्धक बसन्तप्रकाश उपाध्यायलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश वमकुमार श्रेष्ठको इजलासले साउन १५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । यसअघि बिहीबार पनि सर्वोच्चले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र कर्जा सुरक्षण निगमको अध्यक्ष विष्णु मिश्रलाई पनि नहटाउन यस्तै आदेश दिएको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले २० असारमा भदौ १४ पछि भएका सबै नियुक्ति बदर गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया