कांग्रेसले मन्त्रीहरुको नाम टुंग्यायो


Share This


नेपालबहस संवाददाता    129 Views

१० साउन, काठमाडौं । नेपाली कांग्रेसबाट मन्त्रीहरु बन्नेहरुको नाम लगभग टुंगिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आज मंगलबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । आज ५ बजे सपथ गराउने तयारी भए पनि आज नभए भोलि विहानै ९ बजे सपथ गराउने तयारी रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ वटा मन्त्रालय लिने सहमति सत्ता साझेदार दलहरुबीच भएको छ । कांग्रेसबाट उपप्रधानसहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर भइसकेका छन् । बाँकी १० मन्त्री मध्ये देउवा पक्षबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ४ जना हुनेछन् भने कृष्ण सिटौला समूह र खुमबहादुर खड्का समूहबाट एक(एक मन्त्री बन्नेछन् ।

कांग्रेस निकट श्रोतका अनुसार देउवा पक्षबाट मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत मन्त्री हुने भएका छन् । पौडेल समूहबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसीको पक्का भएको छ । यस्तै सरिता प्रसाईको नाम लगभग पक्का भएको छ । तर, कमला पन्तको पनि सम्भावना छ ।

यस्तै सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर समूहबाट मोहनबहादुर बस्नेतको नाम लगभग टुंगिएको छ ।

यो सरकार विस्तारमा माओवादीका मन्त्रीहरु पनि समेटिनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार