किन आए प्रधानमन्त्री प्रचण्ड चितवनमा ?


Share This


नेपालबहस संवाददाता    178 Views

५ जेठ, चितवन । छोरी रेणु दाहालको मतगणना माथि अनेक आसंका र बहस भइरहदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आएका छन् । तर प्रचण्ड छोरीको मतगणनालाइ प्रभावित पार्न नभई रामपुरमा रहेको देशकै एकमात्र कृषि तथा वन बिज्ञान विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवन आएका हुन् ।

दिउँसो साढे १२ बजे विश्वविद्यालयको नवनिर्मित भवन उदघाटन गर्ने कार्यक्रम तय गरिएको कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. इश्वरीप्रसाद ढकालले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड विश्वविद्यालयका कुलपतिसमेत हुन् ।

तपाईको प्रतिक्रिया